दिल्ली विधानसभा चुनाव : सुरुवाती मतगणनामा आम आदमी पार्टीकाे अग्रता, भाजपा पछि–पछि

 माघ २८, २०७६ मंगलबार ९:१०:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – गएको शनिबार भारतको नयाँ दिल्लीमा सम्पन्न विधानसभा चुनावको अहिले मतगणना भइरहेको छ । 

दिल्ली विधानसभा चुनावमा सत्तारुढ आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा) बीच निकै कडा टक्कर हुने देखिएको छ । 

सुरुवाती मतगणना चलिरहँदा याे समाचार तयार पार्दासम्म कुल ७० सिटमध्ये आम आदमी पार्टीले ५४ सिटमा अग्रता लिइरहेको छ भने भाजपा जम्मा १५ सिटमा मात्र अघि देखिएको छ । 

दिल्ली विधानसभा चुनाव यो वर्षको पहिलो चुनाव हो । एग्जिट पोल्सले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टी आम आदमी पार्टीले प्रचण्ड बहुमत ल्याउने देखाएको छ । 

दिल्ली प्रदेश भाजपा अध्यक्ष मनोज तिवारीले भने आफू एग्जिट पोलको भविष्यवाणीबाट चिन्तित नभएको बताएका छन् । उनले यो दिन भाजपाको लागि निकै राम्रो हुने प्रतिक्रिया दिएका छन् । 

दिल्लीमा अहिले आम आदमी पार्टीको सरकार छ । गएको विधानसभा चुनावमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो । भाजपा भने मात्र तीन सिटमा सीमित भएकाे थियाे ।

आम आदमी पार्टी, भाजपा र काङ्ग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भनिए पनि एग्जिट पोलका अनुसार काङ्ग्रेस निकै कमजोर देखिएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया