म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - क्यान्सर भएपछि गरिएको किमो थेरापीका कारण बाँझोपना भएकी महिलाले स्वस्थ शिशु जन्माएकी छन् ।
स्तन क्यान्सर भएपछि किमोथेरापीबाट उपचार गराइरहेकी फ्रान्सकी एक महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी समाचार संस्था सीएनएनले जनाएको छ । बाँझोपना भएपछि शिशु जन्मिएको यो विश्वमै पहिलो घटना भएको अनुसन्धानकर्ताले दाबी गरेका छन् । उनीहरुले यसलाई प्रजनन विज्ञानमा 'ब्रेक थ्रु' भएको बताएका छन् ।
२९ वर्षको उमेरमा स्तन क्यान्सर भएपछि किमोथेरापीमार्फत उपचार गराएकी ती महिलाले ३४ वर्षको उमेरमा स्वस्थ शिशु जन्माएकी खबरमा उल्लेख छ । किमो थेरापी गर्न थालेपछि क्यान्सर निको भए पनि उनमा बाँझोपना भएको र वर्षौसम्म सन्तान नजन्मिएको खबरमा उल्लेख छ ।
डाक्टरले उनको डिम्बाशयबाट निकालिएको अण्डालाई प्रयोगशालामा विकसित गरेर सुईमार्फत प्रारम्भिक चरण्को भ्रुण गर्भासयमा पठाएपछि उनी गर्भवती भएकी थिइन् ।
यसअघि सन् २०१८ मा अमेरिका र बेलायतले पनि अण्डाशयबाट निकालिएको अण्डा प्रयोगशालामा राखेका थिए तर ती अण्डामा समस्या देखिएको थियो । अहिलेको यो अध्ययन सफल भएको अनुसन्धानकर्ताले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।