चन्द समूहका दुई नेता पक्राउ

 फागुन १८, २०७६ आइतबार ७:३९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर - महानगरीय प्रहरी परिसर भक्तपुरले नेत्रविक्रम चन्द समूहका दुई नेतालाई पक्राउ गरेको छ ।

कालीकोटको रुक्सा गाउँपालिका ४ घर भइ भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ काे निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका ५ काे जुँगार घर भइ मध्यपुरथिमि नगरपालिका २ बस्ने ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।   

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले भक्तपुरको दुई ठाउँबाट पक्राउ परेका बाेगटी र पुन चन्द समूहका भक्तपुर जिल्ला सेक्रेटरीसमेत रहेको जानकारी दिनुभयाे ।

पक्राउ परेका बोगटी यसअघि चन्द समूह भक्तपुर जिल्ला सेक्रेटरी रहेकै बेलामा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई साङ्घातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए । चन्द समूहका कार्यकर्ताले शङ्कास्पद गतिविधि गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजी गरी उनीहरुलाई पक्राउ गरेको गिरीले जानकारी दिनुभयो । 

उनीहरुलाई फेला पारी सोधपुछ गर्ने क्रममा बोगटी र पुनले प्रहरी कर्मचारीलाई उल्टै गालीगलौज तथा अनावश्यक हैरानी दिएको जानकारी दिएकाे उहाँले बताउनुभयाे । पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी अपराध संहिता २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्यअघि बढाइएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया