अमेरिकामा ‘उड्ने कार’ को नमूना परीक्षण
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – यस बर्षको हिउँदमा पानी परिरहेकोले किसानका लागि समय अनुकुल भएको कृषि विज्ञहरुले बताएका छन् ।
अहिले परिरहेकाे पानीले अन्नबाली, तरकारी लगायतका खेतीसँगै फलफूल खेतीमा फाइदा गर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत बाली तथा वागवानी निर्देशक एवं वरिष्ठ कृषि वैज्ञानिक हरिकृष्ण उप्रेतीले बताउनुभयो । धेरैजसो फलफूलमा फूल फुल्ने बेला भएकोले यो पानीले फाइदा गर्ने र किसानले यही बेलामा मल दिएमा उत्पादन राम्रो हुने उहाँले बताउनुभयो ।
गहुँ, आलु, मुसुरो लगायतका खेतीमा पनि आजभाेलि परिरहेकाे पानी उपयोगी हुने कृषि वैज्ञानिक उप्रेतीले बताउनुभयो । उच्च पहाडी र हिमाली क्षेत्रमा यस वर्ष बाक्लो हिउँ परेकोले त्यहाँ गरिने गहुँ तथा आलु खेतीलाई पनि फाइदा पुगेको किसानहरुले बताएका छन् ।
मकैको बिउ छर्ने बेला भएको पहाडमा यही बेलामा मकै छर्न र लहरे तरकारी खेतीका लागि पनि उपयुक्त मौसम भएको कृषि वैज्ञानिक उप्रेतीले बताउनुभयो ।
अहिलेको पानीले भर्खरै काटेके वा काट्दै गरेको डालेघाँसका रुखमा पालुवा पलाउन वा खर लगायतका घाँस पलाउन पनि यतिबेलाको पानी उपयोगी भएको उहाँले बताउनुभयो । गहुँ, मुसुरो लगायतका बालीमा भर्खरै सिँचाइ गरेको भएमा त्यहाँ पानी जम्न भने दिन नहुने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।