फिकुरीको हिउँमा अशोक सिलवालको ‘श्रीलंका स्मृति’

 फागुन १९, २०७६ सोमबार ८:३०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको नयाँ पुस्तक ‘श्रीलंका स्मृति’ विमोचन भएको छ । नुवाकाेटकाे किस्पाङ गाउँपालिका फिकुरीमा रहेकाे  ३४६० मिटर उचाइकाे भेडीखर्कमा पुस्तकको  विमोचन भएको हो । 

फिकुरी ट्रेकिङ एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहबीचमा पुस्तक विमोचन गरिएकाे थियाे । पुस्तकमा महासागरले घेरेको एउटा टापुमा यात्रा गर्दाको अनुभूतिलाई समेटिएको सिलवालले बताउनुभयाे ।

सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्ने अपेक्षा राखिएको रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछनेले बताउनुभयो । टुर-ट्रेकिङ  गाइड तथा  किङ प्रशिक्षक समेत रहनुभएका सिलवालले झण्डै एक हप्ता लामो श्रीलंका यात्रालाई पुस्तकमा समेटिएको बताउनुभयो । 

‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो । त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन भन्ने अपेक्षा  छ ’सिलवालले भन्नुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया