अमेरिकामा यूएसएआईडीका धेरैजसो कर्मचारीलाई बिदामा राखियो, १...
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले सर्लाहीको हरिवन नगरपालिका-५, घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलमा पानी परीक्षण सुरु गरेको छ ।
साढे दुई वर्षको अवधिमा २६ जनाकाे ज्यान जानेगरी तीन वटै टोलमा क्यान्सर रोगका बिरामी बढेपछि आयोजनाले पानीको परीक्षण सुरु गरेको हो । दूषित पानीका कारण क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नम्बर ५ का अध्यक्ष नागेन्द्र साहले बताउनुभयो ।
क्यान्सरपीडित तथा ज्यान गुमाउने धेरैलाई घाँटी र फोक्सोको क्यान्सर भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा सविन अधिकारीले बताउनुभयो । दूषित पानीका कारण क्यान्सर लाग्ने गरेको डा अधिकारीले बताउनुभयो ।
सञ्चारमाध्यममा पानीका कारण क्यान्सर भएको भन्ने समाचार आएलगत्तै विभागबाट पानी परीक्षणका लागि परीक्षण किटलगायत सामानको व्यवस्थापन गरी पानी परीक्षणको काम शुरु भएको आयोजनाका सिडिइ राजेश कुशवाहले बताउनुभयो ।
पानीमा देखिएको आर्सेनिकका कारण स्थानिय बान्सिान्दाको स्वास्थ्यमा असर परेकोले उनीहरूलाई तत्काल शुद्ध खानेपानीको व्यवस्था गरिने आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।