अमेरिकामा ‘उड्ने कार’ को नमूना परीक्षण
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - भैरहवा ग्लाडियटर्सले आसन्न एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) लागि तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ ।
चैतमा पहिलो साताबाट त्रिवि क्रिकेट मैदानमा हुने चौथो ईपीएल-२०२० का लागि भैरहवाले पत्रकार सम्मेलन गरेर तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो ।
यो सिजन भैरहवाले श्रीलंकाका अलराउन्डर जीवन मेन्डिस र बायाँ हाते ब्याट्सम्यान मिलिन्दा सिरिवर्द्धनालाई अनुबन्ध गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । त्यस्तै ओमानका बायाँहाते बलर विलाल खान पनि यस सिजन भैरहवाबाट खेल्ने भएका छन् ।
जीवन मेन्डिसले श्रीलंकाबाट ५८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् भने मिलिन्दाले २७ खेल खेलेका छन् । यस्तै भैरहवाले ओमानका बिलाल खानलाई पनि अनुबन्ध गरेको जनाएको छ ।
ओमानी टिमका महत्वपूर्ण सदस्य बिलालले हालै नेपालमा भएको आईसीसी विश्व क्रिकेट लिग-२ मा नेपाल र अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।
भैरहवाले यसअघि वेष्ट इन्डिजका ड्वेन स्मिथलाई अनुबन्ध गरेको थियो । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रमुख प्रशिक्षक पुबुदु दासानायके यस पटकको ईपीएलमा भैरहवाको प्रशिक्षण सम्हाल्दै हुनुहुन्छ । ६ टोलीमध्ये भैरहवालाई शरद भेषावकरले सम्हाल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।