प्रिमनसुन सुरु, तीन महिनासम्म हावाहुरी र चट्याङको डर

 फागुन १९, २०७६ सोमबार ७:३३:४३ | उज्यालो सहकर्मी

काठमाण्डौ - प्रिमनसुन सुरु भएको छ । मार्च महिनादेखि मे महिनासम्मलाई प्रिमनसुनको समय भनिन्छ ।

प्रिमनसुनमा मेघगर्जनसहित वर्षा हुने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार मार्च, अप्रिल र मे महिनामा मेघगर्जनसहित वर्षा हुनुका साथै हावाहुरी चल्छ । प्रिमनसुनमा स्थानीय वायुको प्रभाव बढ्दै जाने जान्छ ।  

स्थानीय वायुको प्रभावका कारण यो समयमा एक ठाउँमा पानी परे पनि नजिकै पानी नपर्न पनि सक्ने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । प्रिमनसुनमा दिनभर घाम लाग्ने र दिउँसो पछि पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा हुने उहाँले बताउनुभयो ।

प्रिमनसुनको समयमा आगलागीका घटना पनि बढ्ने हुँदा सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् । 

यसपालिको हिउँदमा पर्याप्त पानी परेको छ । मौसमविदका अनुसार पोहोर परार हिउँदको अन्त्यतिर मात्रै वर्षा हुन्थ्यो भने यसपालि हिउँद लागेदेखि नै वर्षा भईरहेको छ । यो वर्षाले फलफूल र कृषिबालीलाई फाइदा पुगेको छ । 


 

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया