महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा शोभायात्रा सम्पन्न
फागुन १२, २०८१ सोमबार
भक्तपुर - चीनबाट उद्धार गरेर ल्याइएका नेपालीहरु राखिएकाे भक्तपुरको खरिपाटीमा रहेकाे क्वारेन्टाइनबाट फर्किएका विद्यार्थीका अभिभावकले त्यहाँका सुरक्षाकर्मीलाई सम्मान गरेका छन् ।
१६ दिसम्म क्वारेन्टाइनमा बसेर साेमबार घर फर्कन ढिला भएका ३२ जनालाई मंगलबार नेपाली सेनाको वीर दल गण, नेपाल प्रहरी, शसस्त्र प्रहरीले विदाई गरेर चारवटा गाडीमा हालेर पठाएकाे थियाे ।
बिदाइपछि प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, नेपाली सेनाको वीरदल गणका गणपछि शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, शसस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटका प्रहरी उपरीक्षकको नेतृत्वमा सरसफाई र टेण्टहरु निकाल्ने, टेबल कुर्सी स्थानान्तरण गर्ने काममा व्यस्त सुरक्षाकर्मीलाई अभिभावकले सम्ममान गरेका हुन्।
हातमा फूलका गुच्छ, खादा र सम्मानपत्र लिएर आएकामध्ये १६ जना अभिभावकहरुले प्रजिअ पाण्डे र नेपाली सेनाका डा. नविन फुँयाललाई प्रंशसा पत्र प्रदान गरेका थिए भने सबै सुरक्षाको नेतृत्व लिनेहरुलाई खादा र फूलका गुच्छा दिँदै धन्यवाद व्यक्त गरेका थिए ।
चीनबाट फर्किएकाहरुको १६ दिनसम्म क्वारेन्टाइनमा राम्रो देखदेख गरेको खुशियालीमा सुरक्षाकर्मी र डाक्टरलाई धन्यवाद दिन अभिभावकहरु आएको नेपाली सेनाका वीर दल गणका गणपति शिव पौडेलले जानकारी दिनुभयो ।
अभिभावककाे यस्ताे कार्यले क्वारेन्टाइन निर्माण गरेदेखिको चिन्ता र दु:ख बिर्साइदिएको उहाँले बताउनुभयो । पौडेलले मंगलबारै क्वारेन्टाइनको सरसफाई सकेर ताल्चा मारेर प्रजिअ पाण्डेलाई साँचो बुझाइएको कर्णेल पौडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।