मिर्गाैला प्रत्याराेपणपछि प्रधानमन्त्रीकाे स्वास्थ्य स्थिर, भान्जी समीक्षाकाे अवस्था पनि सामान्य

 फागुन २१, २०७६ बुधबार १८:१४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । 

त्रिवि शिक्षण अस्पतालमा ओलीको दोस्रो पटक सफल मिर्गाैला प्रत्यारोपण गरिएको हो । अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताउनुभयो ।

‘सबै मुख्य सूचकाङ्कहरु राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गाैलाले काम गर्न सुरु गरिसकेको छ । प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।

त्यसैगरी मिर्गाैला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागिता थियो । कार्यकारी निर्देशक डा. खड्गाका अनुसार एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान गर्ने भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । सङ्ग्रौलाले एउटा मिर्गाैला प्रधानमन्त्री ओलीलाई दान गर्नुभएको हो ।

प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनुभएको थियो । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा उहाँको पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया