खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बर्दिया – बर्दियामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । आज राष्ट्रिय निकुञ्ज भित्रबाट आएको चितुवाको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६ बनखेत गाउँका २४ वर्षकी राममाया चौधरी, ५० वर्षका होलुराम थारु र २३ वर्षका हिमाल अधिकारी घाइते भएका शिवपुर उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र बुढाले जानकारी दिनुभयो ।
घाइते तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाएको अध्यक्ष बुढाले बताउनुभयो । उनीहरूलाई घरखेतमा हिँडिरहेका बेला चितुवाले आक्रमण गरेको हो ।
चितुवाको आक्रमणबाट एउटै गाउँका तीन जना घाइते भएपछि स्थानीयवासी त्रसित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।