रातो मच्छिन्द्रनाथको रथजात्रा केही दिनको लागि स्थगित

 जेठ ४, २०८१ शुक्रबार ८:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा केही दिनको लागि रोकिएको छ । रथ तान्ने क्रममा निकै ढल्किएकाले ललितपुर गुठी संस्थानले केही दिनका लागि रथजात्रा रोकेर रथ मर्मत गर्ने जनाएको हो । हिजो रथ ओकुबहालबाट लगनखेलसम्म तान्ने क्रममा निकै ढल्किएकाले रथलाई थपाहितीसम्म मात्र तान्न सकिएको थियो ।

रथयात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तान्ने क्रममा नःटोलमा बिजुलीको पोलमा ठोकेसँगै रथ ढल्किन थालेको थियो । ललितपुर महानगरपालिका, गुठी संस्थान, बाराही, युवा लगायतका रथजात्राका गुथियारहरुले रथको निरीक्षण गर्न लागेका छन् । रथ निरीक्षणपछि मात्र रथ मर्मतका लागि कति दिन लाग्छ भनेर भन्न सकिने रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताउनु भयो ।

गएको शनिवार पुल्चोकबाट रथ तान्न शुरु भएको थियो । अहिलेसम्म रथलाई गाबहाल, महापाल, मङ्गलबजार,  सुन्धारा, ओकुबहाल हुँदै थपाहितिसम्म तानिएको छ । अब मच्छिन्द्रनाथको रथयात्रा थपाहितिबाट लगनखेल, इटिटोल, जावलाखेलसम्म बाँकी छ । रथलाई जावलाखेलमा पुर्‍याएर भोटो देखाएपछि जात्रा समापन हुन्छ ।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, काठमाण्डौका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका ललित ज्यापू वा रथचक्रले रातो मच्छिन्द्रनाथलाई भारतको कामारु कामाक्षबाट ल्याएपछि सहकाल शुरु भएको किंवदन्ती छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया