एनआईसी एसिया बैंकद्वारा विद्यालयलाई तीन लाख रूपैयाँ सहयोग

 फागुन २२, २०७६ बिहीबार ७:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनआईसी एसिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा रहेको श्री देवीस्थान माध्यमिक विद्यालयलाई तीन लाख रुपैयाँ सहयाेग गरेकाे छ । बैंकले फर्निचर सामग्री खरिद गर्न नगद सहयोग गरेको हाे ।  

मङ्गलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेज्युले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई चेक हस्तान्तरण गर्नुभएको हो । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत चार सय ७६ जना विद्यार्थी लाभान्वित हुनेछन् । 

चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइराला र बैंक व्यवस्थापनका सदस्यहरूको पनि उपस्थिति थियो ।

बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । 

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया