एनआरटीलाई हराउँदै केपी ओली एफसी सेमिफाइनलमा
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - नेपालले तत्कालै कुनै पनि हवाइ उडानमा प्रतिबन्ध नलगाउने भएको छ ।
कोरोना भाइरसको रोकथाम र पूर्व तयारीको लागि कोरोना प्रभावित देशमा हुने उडान रोक्न माग भैरहेका बेला सरकारले भने एअरलाइन्स कम्पनीले नै उडान कटौती गरेकाले अहिले उडान रोक्न विषयमा निर्णय नभएकाे जनाएकाे छ । यस विषयमा अहिले कुनै निर्णय नभएकाे र छलफलमै रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएकाे छ ।
कोरोनाको रोकथाम र पूर्व तयारीबारे हवाइ कम्पनी नै जिम्मेवार भैरहेको र उनीहरुले नै उडान कटौती गरेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।
महानिर्देशक पोख्रेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका कतिपय नियमका कारण पनि नेपालले उडान प्रतिबन्ध लगाउन नसक्ने तर सर्वोच्च अदालतको आदेशलाइ पनि ध्यान दिएर मन्त्रालयसँगको छलफलपछि निर्णय लिइने बताउनुभयो ।
कोरोना प्रभावित देशमा हुने उडानमा निकै कटौती भएको विमानस्थले जनाएको छ । चीनमा हप्तामा ७० वटासम्म उडान हुँदै आएकोमा अहिले एअर चाइना र चाइना इस्टर्नले हप्तामा १२ वटा उडान गर्दै आइरहेका छन् ।
एक महिनाअघिसम्म दैनिक ९० को हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा अहिले विमानस्थलबाट दैनिक जम्मा ४५ देखि ५० वटा मात्रै अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।