सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न तीनै तहको सरकारबीच समन्वय गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सङ्क्रमणबाट जोगिन सरकारले सबै तहसँग सहकार्य गर्ने तयारी गरेकाे बताउनुभएको हो ।
कोरोना भाइरस प्रवेश गर्न नदिने, सावधानी अपनाउने, मध्यम खालको स्थितीमा कसरी जोगिने र अति जोखिममा पुग्दाको संभावित अवस्थाबारे आकलन गरेर त्यसै अनुसार तयारी गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
विभिन्न अस्पतालमा १ सय ५५ वटा आइसोलेटेड बेड निर्माण गरिएको तथा चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा शुक्रबारदेखि नै प्लेनमा चढ्नुभन्दा अगाडि जाँच गरेर मात्रै पठाउने व्यवस्था आरम्भ गरेको जानकारी दिनुभयो ।
उहाँले कोरोना भाइरसको संक्रमणलाई लिएर प्रधानमन्त्रीकै सक्रियतामा ४ पटक बैठक बसेको तथा उपप्रधानमन्त्रीको नेतृत्वमा गृह, शिक्षा स्वास्थ्य, पर्यटन, उद्योग अर्थ लगायतका मन्त्रालय समेत समेटर उच्चस्तरीय समिति बनाइएको जानकारी दिनुभयाे ।
उहाँले मन्त्रालयको तर्फबाट प्राविधिक कामको नेतृत्व सचिवले गर्ने र विशेष रुपमा कोरोनासँग सम्बन्धित विषयका बारेमा अरुसँग संयोजनकारी भूमिका विशेषज्ञ दिपक रमणले गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।