पालिकाको पहलपछि भीमफेदीका किसान कोदोखेतीतर्फ आकर्षित
चैत ४, २०८१ सोमबार
भक्तपुर – व्यक्तिको नाममा नामसारी भएर विक्री भैसके पनि अदालतले सार्वजनिक पोखरी नै कायम हुने फैसला गरेपछि मध्यपुर थिमी नगरपालिका ८ बोडेको ऐतिहासिक कमलपोखरी जोगाउन स्थानीयवासिन्दा जुटेका छन् । मध्यपुरथिमी नगरपालिकाले पोखरी संरक्षणका लागि ७५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेपछि पोखरी पुरानै स्वरुपमा फर्काउन सजिलो हुने भएको छ ।
सयौं वर्ष अगाडिदेखि सार्वजनिक पोखरी रहेको तत्कालीन बोडे गाउँ पञ्चायत वडा नं. ६ कित्ता नं. १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइ विक्री गरेपछि बोडे, नगदेशका बासिन्दाले पोखरी सार्वजनिक रुपमै फर्काइनुपर्ने दाबी गर्दै अदालत गएका थिए । फैसला भएको भोलिपल्ट नै मध्यपुरथिमी नगरपालिकाले पोखरीमा डोजर लगेर सम्याउने र सफा गर्ने काम गरेको थियो ।
२०४२ साल असार ३१ गते कान्छि पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरि मनाङ्ग घरभई काठमाण्डौ ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्ग, तेन्जी शेर्पिणी, जद्योना गुरुङ्ग बिक्री हुदै बिक्री भएको थियो । ग्ल्याल्पोले अन्य बिभिन्न व्यक्तिलाई जग्गा बिक्री गरेका थिए । भक्तपुर जिल्ला अदालतका न्यायायाधीस मातृकाप्रसाद मरासिनीको ईजलासले कमल पोखरी सार्वजनिक पोखरी नै रहनेगरि गत साता फैसला गरेपछि नगरपालिका र स्थानीयबासिन्दा पोखरी संरक्षणमा जुटेका हुन् ।
नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले धार्मिक एवं साँस्कृतिक महत्व बोकेको पोखरीको संरक्षण गर्दै बोट संचालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको जानकारी दिनुभयो । नगरपालिकाले पोखरीको वरिपरि पर्खाल लगाउने, अतिक्रमित जग्गा भए खाली गराउने, पोखरीलाई आकर्षक बनाईने र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने उहाँले बताउनुभयो । भू–माफियासंग स्थानीयले कानूनी लडाई लडेर सार्वजनिक रुपमा फर्काईएको पोखरीको संरक्षण गरिने स्थानीय विरेन्द्र जयनाले बताउनुभयो । व्यक्तिको नाममा गएपछि पोखरीमा बस्ती बसाल्न डोजर लिएर पुगेकाहरुलाई स्थानीयबासिन्दाले पटक पटक लखेटेका थिए ।
स्थानीय बासिन्दा एवं नेपाल मजदुर किसानका नेता रमेश थापा श्रेष्ठले आफूहरु सानो छदाँ कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरीमा फुलेको फूलले स्थानीय लायकू दरबारमा तलेजुलाई चढाउने र साउनमा हुने नीलबाराही नाचमा यही पोखरीमा फुलेको कमलको फूल चढाएर जात्रा चलाउने परम्परा सयौ वर्षदेखि रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।