सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – संसारका झण्डै नब्बे प्रतिशत महिला र पुरुष महिलाप्रति पूर्वाग्रही रहेको एक अध्ययनले देखाएको छ ।
यूएनडीपीले Gender Social Norms Index अर्थात लैंगिक सामाजिक मूल्य सूचकांकमा आधारित रहेर ४५ देशमा गरेको अध्ययन अनुसार झण्डै ९० प्रतिशत महिला र पुरुष कुनै न कुनै रुपमा महिलाप्रति पूर्वाग्रही रहेका पाइएकाे हाे ।
विश्वको जनसंख्याको आधा महिला र पुरुषले महिलाभन्दा पुरुषले राम्रो राजनीतिक नेता बन्ने हैसियत राख्ने गरेको धारणा राखेको अध्ययनले जनाएको छ ।
यस्तै, चालिस प्रतिशत महिला र पुरुषले महिलाभन्दा पुरुषमा व्यवसाय प्रमुख हुने क्षमता हुने गरेको र त्यसैले कुनै जागिरका लागि महिलाभन्दा पुरुष बढी योग्य हुने गरेको बताएका छन् ।
त्यसैगरी, अठ्ठाइस प्रतिशत महिला र पुरुषले कुनै पुरुषले आफ्नी श्रीमतीलाई पिट्नु औचित्यपूर्ण रहेको बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।