ललितपुर र काठमाण्डाैका यी ठाउँमा आज दिनभर बत्ती जाने

 फागुन २४, २०७६ शनिबार ८:३३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरका केही ठाउँमा आज र भोलि आइतबार आठ घण्टा बत्ती जाने भएको छ ।

ललितपुरको फर्सीडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेत लगायतका ठाउँमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म बत्ती जाने भएको हो । पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकोले आज र भोलि आइतबार विद्युत कटौती गर्न लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै काठमाण्डौको जोरपाटी वितरण केन्द्रको डाँछी फिडरअन्तर्गत दक्षिण ढोका क्षेत्र, ग्रिन हिल सिटी र माकलबारी क्षेत्रतिर पनि आज बत्ती जाने भएको छ ।

सडक विस्तारको काम भैरहेकाले तार सार्न बिहान ९ देखि बेलुकी ५ बजेसम्म विद्युत कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकिएको समयभन्दा अघि नै काम सकिए छिट्टै बत्ती दिने बताएको छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया