हुथी विद्रोहीमाथि अमेरिकाले गरेको हवाई आक्रमणमा ज्यान गुमाउन...
चैत ४, २०८१ सोमबार
धनकुटा – साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कार्कीछापमा आज बिहान छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
साँगुरीगढी गाउँपालिका–६ का १८ वर्षीय सुरज राईको सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीका १९ वर्षीय निशान लिम्बूले छुरा प्रहार गरी राईको हत्या गरेका हुन् ।
भेडेटामा रहेकाे एभरेष्ट होटल एण्ड लजमा कार्यरत मजदुर राई र लिम्बूबीच एकअर्कामा विवाद हुदाँ लिम्बूले छुरा प्रहार गरी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । राईको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।
होटल संचालक नभएको अवस्थामा उनीहरुबीच विवाद भएको थियो । लिम्बूले टाउकोमा छुरा प्रहार गर्दा राईको घटनास्थलमा ज्यान गएको प्रहरीले बताएको छ । घटना पश्चात् फरार रहेका लिम्बूलाई भेडेटार बजारबाट प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याउने तयारी भैरहेको एसपी गुरुङले बताए ।
मृतकको लासलाई पनि आजै धनकुटा ल्याएर जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।