सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए
फागुन १२, २०८१ सोमबार
भक्तपुर - भक्तपुर नगरपालिका-१ च्यामासिंहमा रहेको साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ ।
च्यामासिंह मेडिकल मात्रै हैन भक्तपुरका अधिकांश औषधि पसल तथा क्लिनिकले यस्ता बोर्ड झुण्ड्याउन थालेका छन् । औषधि पसलमा आउने ग्राहकलाई मास्क र ह्यान्ड सेनिटाइजर छैन भन्दाभन्दा हैरान भएपछि फार्मेसीहरुले बोर्ड राख्न थालेका हुन् ।
साँचो फार्मेसी सञ्चालन गर्दै आउनु भएका चन्द्र प्रजापति एक हप्तादेखि मास्क बिक्री गर्न नपाएको बताउनुहुन्छ । भित्तामा बोर्ड राख्नुभएका आरती फर्माका सञ्चालक सुविन श्रेष्ठ भन्नुहुन्छ ‘कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले लैजाँदैन । एक बट्टामा ५० थान मास्क हुन्छ, अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको दुई साता भयो’।
च्यामासिंह मेडिकलका सञ्चालक दीप श्रेष्ठले पनि डिलरले मास्क नदिएपछि बिक्री गर्न नपाएको र अन्य औषधिको पनि अहिले माग बढेको जानकारी दिनुभयो । काठमाण्डौको बजारमा मास्क र ह्यान्ड सेनिटाइजरको कालोबजारी रोक्न वाणिज्य विभागले छापा मारेर कारबाही गर्न थालेपछि यहाँका व्यापारीले मास्क छैन भन्ने सूचना टाँस गरेर राखेका हुन् ।
श्रेष्ठले कोरिया नेपालमैत्री अस्पताल ठिमीमा बीमाको औषधि लिनेको घुइँचो लागेको बताउनुभयो। औषधि व्यापारी पनि डिलरले औषधि कम पठाउन थालेको बताउँछन् । मध्यपुरथिमिमा औषधि व्यापार गर्दै आउनुभएका क्लिनिक सञ्चालक राजेन्द्र श्रेष्ठले मिडियाले हल्ला फैलाएपछि समस्या आएको गुनासो गनुहुन्छ।
जिल्ला अहिलेसम्म बजार अनुगमन नहुँदा केही औषधि व्यापारीले एक/दुई महिना मात्रै म्याद रहेका औषधि र कतिपय म्याद गुज्रेका औषधिसमेत बिक्री गर्न थालेको उपभोक्ता गुनासो गर्छन् ।
उपभोक्ता सचेत नहुँदा अझै पनि अन्तिम मिति हेरेर औषधि नलैजाने गरेकाले उपभोक्ता सजिलै ठगिने क्रम पनि बढेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि बजारअनुगमन गर्ने बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।