रुखबाट लडेर कक्षा १० मा अध्ययनरत छात्राकाे ज्यान गयाे

 फागुन २५, २०७६ आइतबार १९:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम – तुर्माखाँद गाउँपालिकामा रुखबाट लडेर आइतबार एक किशोरीको ज्यान गएकाे छ ।

तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ नाडा बैँस निवासी रामबहादुर शाहीकी छोरी १८ वर्षीया दुर्गा शाही शनिबार साँझकाे समयमा घर नजिकै रहेको साजको रुखबाट लड्नुभएकाे थियाे । 

रुखमा घाँस काट्ने क्रममा लडेर उहाँको टाउकोमा चोट लागेको थियो । उपचार गर्न सुर्खेत लैजाँदै गर्दा बीच बाटोमै उहाँकाे ज्यान गएकाेप्रहरी चौकी तुर्माखाँदले जानकारी दिएकाे छ ।

प्रहरी चौकी तुर्माखाँदका सहायक प्रहरी निरीक्षक (असई) लालबहादुर सुनारका अनुसार उपचार गर्न लैजाँदै गर्दा दैलेख र सुर्खेतको सिमाना रातानाङ्ला नजिकै आइतबार बिहान ३ बजेतिर ज्यान गएकाे अबर प्राप्त भएकाे हाे ।

ज्यान गुमाउने छात्रा तुमाखाँद गाउँपालिकाको दुर्गा कालिकाश्वरी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत थिइन् । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया