महिला दिवसको अवसरमा भित्तेचित्र प्रदर्शनी

 फागुन २५, २०७६ आइतबार २०:४४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – महिला र बालिकामाथि हुने हिंसा कम गर्न पुरुषको भूमिका कस्तो हुन्छ भन्नेबारे युवाहरुले भित्तेचित्र बनाएर प्रदर्शनी गरेका छन् ।

१ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सिविन नेपालले उपत्यकाका युवाहरुलाई चित्र कोर्न लगाएको हो । घरभित्र र बाहिर कसरी महिलालाई सहयोग गर्न सकिन्छ भन्ने बिषयमा तीन दिनसम्म छलफल गरी बनाइएका चित्रकलाको आइतबार मङ्गल बजारमा प्रदर्शनी गरिएको हो ।

सिविन नेपालले आयोजना गरेको कार्यक्रममा उपत्यकाका २५ जना पुरुष युवाहरुको सहभागिता थियो ।आफ्नो श्रीमती, आमा दिदबहिनीहरुलाई कस्तो बेला कहाँ नेर कसरी सघाउन सकिन्छ भन्नेबारे कोरिएका भित्तेचित्रहरु मङ्गल बजारका भित्ताभित्तामा टाँसिएका छन् ।

महिला अघि बढ्न पुरुषहरुको साथ अनिवार्य भएकाले पुरुष आफैमा सहयोगीको भावना आउनुपर्ने सहभागीहरुको भनाइ छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया