कोरोनाको जोखिम रहेको बेला होली कसरी खेल्ने ?

 फागुन २६, २०७६ सोमबार ६:४८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

डा अनुप बास्तोला

यो मौसममा रुघाखोकीको सङ्क्रमण छ । सम्भाव्य कोभिड १९ अर्थात काेराेना भाइरसको जोखिम पनि उत्तिकै रहेको छ । त्यसैले अहिलेको होली धेरै जना जम्मा भएर नखेलेकै राम्रो । 

होली मनाउँदा धेरै जनाको सामिप्यता हुने भएकाले यदि कोही सङ्क्रमित रहेछ भने धेरै जनालाई असर गर्छ । त्यसैले यसपालिको होली नमानाएको राम्रो । मनाउनैपर्ने भए पनि आफ्नै घरको सदस्य मात्रै घरभित्रै मनाउनुपर्छ । घरमा नै मिठोमसिनो खाएर मनाउनुपर्छ । 

रङहरुले धेरै असर गर्ने भएकाले सकेसम्म धेरै रङको प्रयोग गर्नुहुन्न । अहिले मौसम परिवर्तनको समय भएकाले धेरै सरुवा रोगको जोखिम बढ्न सक्छ । त्यसैले होलीमा अनावश्यक भिडभाडमा जान हुँदैन ।

भिडभाड भयो भने जोखिम धेरै हुन सक्छ । नियमित रुपमा साबुन पानीले बीस सेकेण्डसम्म मिचेर हात धुनुपर्छ । पाँच वर्ष भन्दा साना बालबालिका, गर्भवती महिला, अन्य दीर्घ रोग भएकालाई यो मौसममा संक्रमण हुने संभावना धेरै हुन्छ ।  

(डाक्टर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रवक्क्ता डाक्टर अनुप बास्तोलासँगको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया