ललितपुर महानगरले लगनखेल क्षेत्रमा डोजर चलायो
फागुन १२, २०८१ सोमबार
यूएई - यूएईमा रहेकाे नेपाली समुदायबीच लोकप्रिय पुस्तक ‘यूएईले बाँडेको मुस्कान’ सिर्जना वाचन डबली समूहले यूएईमा वनभोज कार्यक्रम गरेको छ ।
सिर्जना वाचन डबलीको १९ औं श्रृङ्खलाको अवसरमा जाबिल पार्कमा आयोजित वनभोजमा यूएईमा रहेका साहित्यप्रेमीहरुको सहभागिता रहेको थियो । डबलीले नेपालबाट जानुभएकी राजनीतिकर्मी तथा साहित्यकार मीना श्रेष्ठलाई सम्मान गरेको थियो ।
कार्यक्रममा डीजी शर्मा, खगेन्द्र समरस, इन्धन डीबी भण्डारी, टक गुरुङ, भुपेन्द्र आचार्य, रामप्रसाद ढुङ्गेल लगायतका श्रष्टाहरुले कविता, गजल र मुक्तक वाचन गरेका थिए । भेलाबीच सर्जक भुपेन्द्र आचार्यको ‘तिम्रो हेराइले के जादु गर्यो’ बोलको गीतको भिडियोको लोकार्पण गरिएको थियो ।
बुलबुल पब्लिकेशनबाट प्रकाशित पुस्तक ‘यूएईले बाँडेको मुस्कान’सँग सम्बन्धित खुल्ला हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । विजेतालाई विष्णु प्याकुरेल, आइएमई नेपाल, तारा भुसाल र लक्ष्मी शर्माद्वारा सौजन्य प्राप्त पुरस्कारहरु वितरण गरिएको थियो ।
भेलामा बिष्णु प्याकुरेल, आरती वाग्ले भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, सरस्वती बास्तोला, राजु के राई लगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Gaurav bishwokarma
March 9, 2020, 9:05 a.m.मलाई पनि यसमा सहभागी हुन मन छ , कसरी हुने हो ??