हाेलीमा जाँडरक्सी खाएर गाडी चलाउने, माेटरसाइकलमा तीन जना चढ्ने १२ सय बढी कारबाहीमा

 फागुन २६, २०७६ सोमबार १७:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – फागु पूर्णिमा अर्थात् होली पर्वमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ सय १७ जनालाई कारबाही गरिएको छ । 

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जाँडरक्सी खाएर गाडी चलाउने, मोटरसाइकलमा तीन जना चढ्ने, हेलमेट नलगाइ मोटरसाइकल चलाउनेहरु कारबाहीमा परेका छन् । 

फागूमा हुन सक्ने सम्भावित घटनालाई न्यूनीकरण गर्न भन्दै आज ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । यस्तै आज होलीको दिन अन्य दिनको तुलनामा उपत्यकामा गाडी कम चलेका छन् । 

चाडपर्वको बहानामा नियम मिच्ने, कानुनको उल्लङ्घन गर्ने र अनुचित क्रियाकलाप गर्ने क्रम बढ्दो छ । यद्यपि चाडपर्व मनाउँदा संयमित रहन र नियम मान्न प्रहरीले अनुरोध गर्दै आइरहेको छ । 

बर्सेनि होलीमा उच्छृङ्खल गतिविधि गर्ने र पक्राउ पर्ने क्रम भने रोकिएको छैन । 

अन्तिम अपडेट: फागुन २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया