महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा शोभायात्रा सम्पन्न
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको होली विशेष सुरक्षा योजनामा झण्डै दुई हजार जना कारबाहीमा परेका छन् ।
साेमबार बिहान ७ देखि बेलुकी ७ बजेसम्म चलाइएको होली विशेष सुरक्षा योजनामा एक हजार हजार ९ सय ४१ जनालाई कारबाही गरिएकाे महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार होलीका नाममा हेलमेट नगलाउने, तीन जना बसेर मोटरसासइकल चलाउने, तीव्र गतिमा सवारीसाधान चलाउने लगायत ट्राफिक नियम मिचेर गाडी तथा मोटरसाइकल चलाएका व्यक्तिलाई कारबाही गरिएको हो ।
यस्तै साेमबार जाँडरक्सी खाएर गाडी चलाएका तीन सय चार जना कारबाहीमा परेका छन् । जाँडरक्सी खाएर गाडी चलाएका एक सय ८४ जनालाई दिउँसो र एक सय २० जनालाई साँझ पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
गएको २४ घण्टामा दुई हजार आठ सय ७० जना ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।