कोरोनाकाे शङ्का लागेका सबैलाई सरकारले क्वारेण्टाइनमा राख्न सक्दैन, आफैँ बस्नुपर्छ : स्वास्थ्यमन्त्री ढकाल

 फागुन २७, २०७६ मंगलबार १६:३३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसकाे सङ्क्रमण भएकाे शङ्का लागेका सबै व्यक्ति आफैँ क्वारेण्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शङ्का गरिएका सबै व्यक्ति क्वारेण्टाइनमा बस्नुपर्ने तर चीनबाट उद्दार गरी ल्याइएका विद्यार्थीलाई जसरी क्वारेण्टाइनमा भने नराखिने बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार आफैँ क्वारेण्टाइनमा बस्नुपर्ने र ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने बताउनुभयो । 

ठूलो समूहमा क्वारेण्टाइनमा राख्नुपर्ने अवस्थामा आएमा सरकारले खरिपाटी क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाउने मन्त्री ढकालले बताउनुभयो । युवा सङ्घले ध्यानाकर्षणपत्र बुझाउँदै सामाजिक सञ्जालमा अड्कलबाजीमै हल्ला फैलिरहेकाले आधिकारिक सूचना दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । 

सङ्क्रमण भएमा उपचार गर्ने र अरुमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि सङ्घले आग्रह गरेको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया