कोरोना भाइरसको सङ्क्रमणका कारण कुनै समस्या भए दूतावासमा सम्पर्क गर्नू : राजदूत ढकाल

 फागुन २८, २०७६ बुधबार ११:३८:५५ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएईमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न र कुनै अप्ठ्यारो परेमा दूतावासमा सम्पर्क गर्न यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले अनुरोध गर्नुभएको छ ।

यूएईमा कार्यरत दुई नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भइसकेको छ । त्यसैले आफूलाई पनि सङ्क्रमण होला कि भनेर आत्तिनेभन्दा पनि सावधानी अपनाउन र शंका लागेमा तत्काल जाँच गराउन उहाँको आग्रह छ ।

‘यूएई सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको देखिन्छ, उपचार पद्धती पनि यहाँ उत्कृष्ट छ, त्यसैले नडराउन यूएईमा कार्यररत सबै नेपालीलाई आग्रह  गर्छु’ उहाँले भन्नुभएको छ ।

व्यक्तिगत सरसफाइमा ध्यान दिने, सकेसम्म भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र नियमित साबुन पानीले हात धुने गरेमा पनि सङ्क्रमणबाट बच्न सकिने डाक्टरहरुले बताउँदै आएका छन ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया