रक्सी खाएका बाबुद्वारा छोराको हत्या

 फागुन २९, २०७६ बिहीबार १६:२७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरमा रक्सी सेवन गरेर बुवाले छोराको हत्या गरेका छन् । 

भिमदत्त नगरपालिका-२ उल्टाखामका डम्मर चन्दले बुधबार राति अत्याधिक रक्सी पिएर कैँची प्रहार गरी १३ वर्षीय छोरा सुवर्ण चन्दको हत्या गरेका हुन् ।

अत्याधिक रक्सी सेवन गरेका चन्दले भान्सामा पिठो मुछिरहेका छोरालाई चिन्न नसक्दा घाँटीमा कैँचीले प्रहार गरेको स्थानीयको भनाइ छ । 

हत्यापछि स्थानीयले जाँड-रक्सी बन्द गर्न माग गरेका छन् । उनीहरुले स्थानीय प्रशासनको लापर्बाहीका कारण जाँड-रक्सीको बेचबिखनमा नियन्त्रण नआएको र अपराधिक घटना बढ्दै गएको आरोप समेत लगाएका छन् ।

यस्तै जनप्रतिनिधि घटनास्थलमा नगएको भन्दै स्थानीयले भिमदत्त नगरपालिका-२ को वडा कार्यालय घेराउ गरेका छन् । भिमदत्त नगरपालिका-२ को वडा कार्यालयले गएकाे वर्ष नै आफ्नो वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको थियो । तर यो घोषणामै सीमित भएको छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया