सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – सरकारले राइड शेयरिङका नाममा चलेका टुटल र पठाओ जस्ता सेवा कानुन अनुसार नै चलेको बताएको छ ।
गएको मङ्गलबार निजी सार्वजनिक साधनले भाडाका यात्रु बोक्न नपाउने सूचना जारी गरेको यातायात व्यवस्था विभागले बिहीबार राती अर्को सूचना निकालेर टुटल र पठाओ कानुन अनुसार नै चलेको जनाएको छ । विभागले यातायात व्यवस्थापन, रुट, भाडादर, अनुमति र नियमनको अधिकार प्रदेश सरकारमा गएको भन्दै आफूहरुले टुटल र पठाओलाई बन्द गर्न अनुमति नदिएको जनाएको छ ।
वाग्मती प्रदेशसभाले पारित गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ ले नै यातायात व्यवस्थापन र नियमन गर्ने विभागले जनाएको छ ।
वाग्मती प्रदेशसभाले परित गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ मा 'निजी प्रयोजनको लागि दर्ता प्रमाणपत्र चार पाङ्ग्रे तथा माेटरसाइकल र स्कुटरले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिएर यात्री बीमा गरी ओसारपसार गर्न सक्नेछन्' भन्ने उल्लेख भएको विभागले जनाएको छ ।
यसमा नीतिगत व्यवस्थापन गर्ने दायित्व सङ्घीय सरकारको भएकाले ऐन समय सापेक्ष बनाउन लागिएको पनि विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तै अखिल नेपाल मजदुर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले विभागलाई विपक्षी बनाएर टुटल तथा पठाओ बन्द गर्न उच्च अदालतमा मुद्दा दायर गरेको तर अदालतले त्याे मुद्दामा विभागलाई निषेधाज्ञा जारी नगरेको र कानुन निर्माणलाई जोड दिएको पनि विभागले जनाएको छ ।
विभागले वाग्मती प्रदेश सरकारको प्रदेश यातायात ऐन र उच्च अदालतको परमादेश अनुसार नै चल्न पनि आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।