सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - सरकारले आवश्यकताभन्दा धेरै खाना पकाउने एलपी ग्यास थुपारेर नराख्न उपभोक्तालाई आग्रह गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति निकालेर बजारमा ग्यासको खपत नियमितभन्दा धेरै देखिएकोले ग्यास मौज्दातमा नराख्न उपभोक्तालाई आग्रह गरेको हो ।
बजारमा आपूर्ति सहज गर्न यो महिना नियमित आपूर्तिभन्दा ११ हजार मेट्रिक टन बढी ग्यास आयातको प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले विज्ञप्ति निकालेर बजारमा ग्यासको आपूर्ति पर्याप्त भएकोले माग धान्न समस्या नरहेको बताउनुभएकाे हाे ।
मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको जनाएको छ।
उपभोक्ताहरुलाई विगतमा झैँ नियमित तरिकाले वस्तुहरु उपभोग गर्न तर अनावश्यक मौज्दात नराख्न आग्रह गरिएको मन्त्रालयकी सहायक प्रवक्ता केसीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।