महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा शोभायात्रा सम्पन्न
फागुन १२, २०८१ सोमबार
भक्तपुर - सूर्यविनायक नगरपालिकाले नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा-रुबेलाविरुद्धकाे खोप लगाउने सूचनासहित घरघरमा निम्तो कार्ड बाँडेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले आउँदो चैत्र ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने खोप अभियानमा सहभागी हुन आग्रह गर्दै निम्तो बाँडेको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईँले नगरपालिकाभित्रका ८ हजार ६५२ बालबालिकालाई खोप लगाइने जानकारी दिनुभयो । नगरका १० वटा वडामा ७२ खोपकेन्द्र निर्धारण गरिएकाे उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले आर्थिक वर्ष २०७५/०७६ काे तथ्याङ्कअनुसार ८८ प्रतिशत बालबालिकालाई खोप लगाए पनि ७४ प्रतिशत बालबालिकालाई मात्रै पूर्ण खोप लगाएको बताउनुभयो ।
साथै, भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । यसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ भने भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायकमा गरी चारवटा नगरपालिकामा १९८ वटा खोपकेन्द्र ताेकिएकाे छ ।
प्रत्येक वडामा ९ वटा खोपकेन्द्र राखिने छ भने प्रत्येक खोप केन्द्रमा एक खोप कार्यकर्ता र २ जनाका दरले स्वयंसेविका परिचालन हुनेछन् ।
अभियानमा ३९६ जना स्वयंसेवक र ७१ जना खोप कार्यकर्ता परिचालन हुनेछन् । सरकारले सन् २०२३ भित्रमा नेपाललाई दादुरा-रुबेलामुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियानमा जुटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।