काठमाण्डाैका यी ठाउँमा शुक्रबारसम्म दैनिक ७ घण्टा बत्ती जाने

 चैत ४, २०७६ मंगलबार ८:५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाैका केही ठाउँमा मङ्गलबारदेखि शुक्रबारसम्म दैनिक सात घण्टा बत्ती जाने भएको छ ।

जोरपाटी वितरण केन्द्रको गोठाटार फिटर स्तराेन्नति गर्नुपर्ने भएकाले फोर्स पार्क, वीरेन्द्र चोक, गान्धी मोड, हात्ती डाँडा र विमानस्थाल आसपास बिहान ९ देखि दिउँसो ४ बजेसम्म लाइन काट्ने निर्णय गरिएको प्राधिकरणले जनाएकाे छ । 

काम छिट्टै सकिए ताेकिएकाे समयअघि नै बिजुली आपूर्ति हुने प्राधिकरणले निकालेकाे सूचनामा उल्लेख छ । 

यसैगरी ललितपुरका केही ठाउँमा मङ्गलबार, बिहीबार र शनिबार आठ घण्टा बत्ती जाने भएको छ ।

पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ  फिडरबाट वितरित ११ के भी लाइनको स्तरोन्नति गर्नुपर्ने भएकोले मङ्गलबार, आउँदाे बिहीबार र शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिजुली कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

मङ्गलबार, बिहीबार र शनिबार चुनिखेल, छम्पी, सल्यानटार, इटाहिटी, कामी डाँडा, टिकाभैरव, देवीचौर, बुरुङ्गचुली क्षेत्रलगायत फर्पिङ फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बत्ती जानेछ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया