अमेरिकाले दक्षिण अफ्रिकी राजदूतलाई देश निकाला गर्याे
चैत २, २०८१ शनिबार
काठमाडौं – चकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै २७ दिन सम्म आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
शिक्षण अस्पतालको १ नम्बर शैयामा उहाँको उपचार भइरहेको हो । २७ दिनसम्म अनशनमा बसेकाले शरीरका सबै अंग पुरानै अवस्थामा फर्किन हप्ता १० दिन लाग्ने डाक्टरले बताएका छन् । २७ दिनको अनशन पछि डाक्टर केसी र सरकारबीच विहीबार सहमति भएको हो ।
डाक्टर केसीको उपचारको जिम्मेवारी त्रिवि शिक्षण अस्पतालकै डाक्टर दिव्या सिंहलाई दिइएको छ । मिर्गौला रोग विशेषज्ञ उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीका पनि निजी डाक्टर हुनुहुन्छ ।
डाक्टर केसी र सरकारबीचको सहमति भएसँगै देशभरका आवासीय डाक्टरले आन्दोलन फिर्ता गरेका छन् । आजदेखि सबै डाक्टर काममा फर्किएका नेशनल रेसिडेन्ट डाक्टर्स एसोसियसनले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।