च्याम्पियन्स ट्रफीमा भारतको लगातार दोस्रो जीत , पाकिस्तान ६ विक...
फागुन १२, २०८१ सोमबार
भक्तपुर : भक्तपुरको खरिपाटी क्वरेण्टीनमा २३ जना नेपाली नागरिक थपिएका छन् । विभिन्न देशबाट नेपाल आएका नागरिकहरुलाई बुधबार राति करिब ८ बजे सुरक्षाकर्मीको टोलीले खरिपाटी क्वरेण्टीनमा पुर्याएको हो ।
क्वरेण्टीनमा ७७ पुरुष र १९ महिला गरी ९६ जना राखिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
गएको चैत ८ गते भारत, कतार लगायतका देशबाट थाई एयरवेजमार्फत आएका ४९ र एयर इण्डियाबाट आएका १३ गरी ६२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटी क्वरेण्टीनमा पुर्याइएको थियो । गएको चैत्र १० र ११ गते विभिन्न देशबाट फर्किएका थप ११ जनालाई पनि यही क्वरेण्टीनमा राखिएको थियो।
क्वरेण्टीनमा रहेका नेपालीहरुको नियमित ज्वारो जाँच भइरहेको छ । २ जना चिकित्सक सहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँच जनाको टोली सेवामा खटिएका छन् । कोरोना संक्रमणको आशंका देखिए अस्पताल लैजान एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा राखिएको छ ।
उनीहरुलाई कम्तीमा १४ दिन क्वरेण्टीनमा राखिने भएको छ भने त्यसबीचमा कोरोना भाइरस संक्रमण पोजिटिभ भए उपचारका लागि शहीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल, टेकु लैजाने तयारी गरिएको छ ।
आफ्नै इच्छाले देश फर्किएका उनीहरु क्वरेण्टीनमा रहँदाको खर्च आफैँले गर्नेछन् । प्राधिकरणको क्यान्टिनबाट खाना प्याकिङ्ग गरी उनीहरुलाई पठाइने गरेको छ भने क्वा\रेण्टीनमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको सबै व्यबस्थापन गरिएको छ ।
क्वा\रेण्टीनमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।