अब आधा सिलिण्डर ग्याँस मात्र किन्न पाइने

 चैत १३, २०७६ बिहीबार १४:१९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्याँस उद्योगीलाई निर्देशन दिएको छ ।

यसअघि एक सिलिण्डरमा १२ किलो २ सय ग्राम किलो ग्याँस हुँदै आएकोमा अब ७ किलो १ सय ग्राम मात्रै हुने निगमले जनाएको छ । माग अनुसार पुर्याउन नसकिने अवस्था आएकोले आधा सिलिन्डर ग्याँस मात्रै बेच्ने निर्णय भएको निगमले जनाएको छ ।

यसअघि भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो । कोरोना भाइरसको संक्रमणको त्राससँगै देशभर ग्याँसको माग बढिरहेको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोक्ताले धेरै सञ्चय गरेकोले माग धान्न आधा सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिइएको निगमले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया