स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
अभिनेत्री मनिषा कोइरालाको हालै एयरपोर्टमा खिचिएका तस्विरहरु सार्वजनिक भएका छन् ।
एयरपोर्टमा मनिषा निकै स्टाइलिस लुकमा लेखिएकी छिन् । ४७ वर्षीया अभिनेत्री मनिषाको सुन्दरता र स्टाइलिस लुकले उनी फेरी चर्चामा आएकी छिन् ।
मनिषा कोइरालाको याे फेसनेबल शैलीमार्फत् बलिउडमा अहिलेका तन्नेरी अभिनेत्रीहरुलाई समेत टक्कर दिएकी छिन् ।
उनी मिडियासामु निकै आत्मविश्वासका साथमा फोटोको लागि पोज दिइरहेकी देखिन्छिन् ।
तस्बिरमा मनिषाले सेतो टिसर्ट र लोवरमा डेनिम ज्याकेट लगाएकी छिन् । उनको हेयर स्टाइल, कालो चश्मा र उनले भिरेको साइड ब्यागले अझै उनी जवान र अाधुनिक देखिएकी छिन् ।
एयरपोर्टमा एकदमै खुशी मुडमा देखिएकी मनिषाले केही फ्यानकासाथ सेल्फी पनि खिचाएकी छिन् ।
मनिषा अहिले बलिउडका विभिन्न प्रोजेक्टमा व्यस्त छिन् ।
हालै उनी अभिनित फिल्म ‘सञ्जु’ प्रदर्शन भइसकेको छ भने उनी वेब सिरिज ‘लस्ट स्टोरिज’ मा पनि देखिएकी थिइन् ।
यसबाहेक मनिषा कोइराला अभिनेता सञ्जय दत्तका साथमा फिल्म ‘प्रस्थानम’ को काममा व्यस्त छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।