कोरोना नियन्त्रणका लागि निजामति कर्मचारी संगठनले पाँच लाख रुपैयाँ सहयोग गर्ने

 चैत १५, २०७६ शनिबार ६:३६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल निजामती कर्मचारी संगठनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुनेगरी ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

संगठनले शुक्रबार विज्ञप्ति निकाली यस्तो जानकारी दिएको हो । संगठनले  विज्ञप्तिमार्फत उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने पीपीईको व्यवस्था गरेर मात्र कार्यस्थलमा खटाउन माग गरेको छ । त्यसका साथै जनचेतनामूलक कार्यमा लाग्न सरकारले आह्वान गरेमा संगठनका सदस्यहरू तत्पर रहेको पनि जनाएको छ ।

सरकारले गरेको यो लकडाउन मेरो लागि हो भन्ने सम्झी जीवनप्रति खेलबाड नगरी पालना गर्न सम्पूर्ण राष्ट्र सेवक कर्मचारी तथा जनसमुदायहरूमा हार्दिक अपिल समेत संगठनले गरेको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया