शान्ति स्थापनाका लागि पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति ...
फागुन १२, २०८१ सोमबार
दैलेख – कोरोनाको लक्षण देखिएको आशंकामा स्वाब परीक्षण गरिएका दैलेखको आठबीस नगरपालिकाका दुई जनामारोनाका सङ्क्रमण नभएको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले गरेको परीक्षणमा कोरोनाको जिवाणु नभएको जानकारी दिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरराज रेग्मीले बताउनुभयो ।
भारतबाट आएका २ जना युवालाई धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या महसुस गरेको भन्ने सूचनाको आधारमा स्वास्थ्य सेवा निर्देशनालय र स्वास्थ्य सेवा कार्यालय दैलेखको टोलीले राकम पुगेर शुक्रवार स्वाब लिएको थियो ।
आठबीस नगरपालिका–४ राकममा रहेको स्वास्थ्य चौकीको आइसोलेशनमा उपचार भइरहेका दुवै जनाको ज्वरो पनि केही कम भइसकेको प्रास्तावित आठबीस अस्पतालका डा. रुवेश चौधरीले जानकारी दिनुभयो ।
कोरोनाको लक्षण देखिएको आशंका गरिएका ती २ जना आठबीस नगरपालिका–६ सिंहासैनका एकै घरमा दाजुभाई हुन । उनीहरु भारतको मुम्बईबाट एक साता अघि मात्र घर पुगेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।