शान्ति स्थापनाका लागि पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति ...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - जिल्ला प्रशासन कार्यालयमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास लिन आउनेको भिड लागेको छ ।
पहिलो चरणको लकडाउन अवधिभर सञ्चालन गर्न दिइएको पासको म्याद सकिएकाले पनि मंगलबार पास लिन आउनेहरुको भिड बढेको हो । तर न्युनतम सामाजिक दूरी कायम गराउने सवालमा भने प्रशासनले पहल गरेको देखिएन ।
प्रशासनबाट खटिएका अधिकारीले झुण्डको रुपमा भेला भएकाहरुलाई नाम बोलाउँदै पास वितरण गरेको देखिन्थ्यो । लकडाउनको समयमा अत्यावश्यक क्षेत्रका कर्मचारी र सवारीसाधनलाई आवागमन सहज पार्न भन्दै सरकारले क्षेत्र अनुसार पास वितरण गर्ने निकाय तोकेपछि पास लिनेहरुको भीड ह्वात्तै बढेको हो । जिल्ला प्रशासन कार्यालयले आकस्मिक सवारी पास मात्रै दिने भनिएपनि विभिन्न क्षेत्रका व्यक्तिहरु पनि पास लिन कार्यालय पुगेका देखिन्थे ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि नेपाल राष्ट्र बैकले, राष्ट्रसेवक कर्मचारीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल र खाद्य वस्तु लगायत दैनिक उपभोग्य वस्तुहरु ढुवानी वा आपूर्ति गर्ने फार्म तथा प्रतिष्ठानहरुका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट सवारी पास वितरण गर्ने व्यवस्था मिलाएपछि तुलनात्मक रुपमा सवारी साधन पास लिने र सञ्चालन गर्नेहरुको भिड सडकमा बढेको छ ।
लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो । तर पहुँचका आधारमा पास लिने तथा विना पास सवारी साधन लिएर सडकमा आउनेहरुको संख्या पनि उत्तिकै बढिरहदा लकडाउनको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rajesh Shrestha
June 22, 2020, 5:20 p.m.मेरो समस्या सवारी पास सम्बन्धि हो।मेरो घर निर्माण हुदैछ ktm बाट लाहान grill, door window लानु पर्ने त्यस कारन ले अहिले पास चहियको हो हिजो गयर निबेदन दिदा एकतर्फ मात्र पास पाइयो,त्यस पासले जान मात्र हुने भयो,दुबै तर्फ को पास लिन के गर्नु पर्छ अनि निवेदन कसरी लेख्ने हो बताइदिनुस न ।।धन्यवाद ।।।