शान्ति स्थापनाका लागि पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति ...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका पदाधिकारीलाई आज मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिनुभएको हो ।
उहाँले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको भन्दै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताउनुभयो । उहाँले व्यक्तिगत सुरक्षा सामग्री पीपीई अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका पदाधिकारीले पनि बिरामीलाई कुनै पनि किसिमको असुविधा हुन नदिने बताएका छन् । वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारे जानकारी दिँदै आउँदो सोमबारदेखि कोरोनाको नमुना परीक्षणसमेत हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।