मुजफ्फपुर बलात्कार काण्ड : मान्छे हुन् कि राक्षस ? एउटै बालगृहमा ३४ बालिका बलात्कृत

पीडितको बयान : चन्दा आन्टीले ट्याब्लेट दिनुभयो, जब होशमा आएँ, जीउमा कपडा थिएन

 साउन १२, २०७५ शनिबार १४:१:५१ | एजेन्सी
unn.prixa.net

बिहारको मुजफ्पुर बालिका आश्रयगृहमा कलिला बालिकासँग यस्तो अमानवीय घटना भयो कि सुन्दै पनि जोसुकैको आङै सिरिङ्ग हुन्छ । 

घटनाको अनुसन्धानका क्रममा बालिकाहरुसँग सोधपुछ भएको छ । उनीहरुले सुनाएका घटनाका विवरण दर्दनाक र पीडादायी छन् । उनीहरुका कथाले रक्षा गर्ने जिम्मा लिएको समाज नै राक्षसी प्रवृत्तिको भएको देखिएको छ । मुजफ्फरपुर बाल संरक्षण पदाधिकारी रवि रोशनविरुद्ध बालिकाहरुले दिएको बयानले सबैलाई अचम्ममा पारिदिन्छ । मुजफ्फरपुर बालिका गृहमा रहेका ४२ बालिकामध्ये ३४ बालिकाको बलात्कार भएको अनुसन्धानबाट पुष्टि भएको छ ।

बिहार सरकारले यो घटनामा सीबीआई जाँचको आदेश दिएको छ । यो घटनामा समाज कल्याण मन्त्री मञ्जु बर्माका पति विरुद्ध पनि घटनामा संलग्न भएको आरोप लागेको छ ।

बालिका गृहका बालिकाले दिएका बयान यस्ता छन् 

रीता(काल्पनिक नाम) : रवि रोशन सर एक दिन काउन्सिलिङका लागि आउनुभएको थियो । त्यो दिन चन्दा आन्टीले मलाई रवि सरकोमा लिएर जानुभयो । तल गएपछि आन्टीले मलाई एउटा ट्याब्लेट खान दिनुभयो । त्यो खाएपछि म बेहोश भएँ । जब मलाई होश आएको थियो, मेरो शरीरमा कपडा थिएन । मसँग बलात्कार भएको थियो । मोकामा आउँदै गर्दा रवि सरले घटनाका बारेमा कसैलाई पनि नभन्नु भनेर धम्काउनु भएको थियो । 

संगीता(काल्पनिक नाम) –रवि रोशन सरले मलाई पनि नराम्रो गरे । मलाई चन्दा आन्टीले नै रवि सरकोमा लिएर जानुभएको हो । जहाँ उसले मसँग नराम्रो गर्यो । जब मैले विरोध गरेँ, उसले मलाई लात्तीले तथा थप्पड हान्यो । उसले कहिलेकाहीँ बियर पनि लिएर आउँथ्यो अनि यहाँका बालिकालाई पिलाउने गर्थ्यो । 

रानी(काल्पनिक नाम) –रानी बोल्न सक्दिनन् । त्यसैले उनले घटनाका बारेमा इशाराले नै वर्णन गरिन् । ‘म पनि यौन हिंसाको शिकार भएँ ।’ उनले रवि रोशनकै तस्बिर देखाउँदै उसले नै आफूमाथि यौन हिंसा गरेको बताइन् । 

काजल(काल्पनिक नाम) – रवि रोशनले बालिका गृहको किचेनमा मलाई नराम्रो गर्यो । बलात्कारपछि उसले मलाई चक्कुले हानेर घाइते पनि बनायो । जब–जब म यो निशान हातमा देख्छु, म मुर्छा पर्छु ।’

नेहा(काल्पनिक नाम) –मसँग कसले बलात्कार गर्यो, नाम थाहा छैन । हरेक दिन खाना खाइसकेपछि आन्टीले मलाई ट्याब्लेट दिन्थिन् । जुन खाएपछि म बेहोश हुन्थेँ । जब बिहान हुन्थ्यो, शरीर पूरा दुखेको हुन्थ्यो । कपडा पनि शरीरमा हुन्थेन ।

चन्दा(काल्पनिक नाम) – मलाई पनि रातिको खाना खाइसकेपछि आन्टीले जुकाको दबाई भन्दै ट्याब्लेट दिन्थिन् । त्यो खाएपछि म बेहोश हुन्थेँ । बिहान उठ्दा शरीरमा कपडा नै हुन्थेन । 

मनोरमा(काल्पनिक नाम) – गृहका सबै बालिकालाई छोटो–छोटो कपडा लगाइदिएर नचाइन्थ्यो । यसमा बाहिरका मान्छे पनि आउँथे । रवि रोशन पनि आउँथ्यो । जब हामी नाच्न मान्थेनौँ, हामीलाई उनीहरु पिट्ने गर्थे । 

रबीना खातुन(काल्पनिक नाम) – मसँग पनि बलात्कार भयो । जसले मलाई नराम्रो गरे, ती रवि रोशनकै मान्छे थिए । रवि सधैँ गिद्धेदृष्टि लगाउँथ्यो । गलत तरिकाले हामीलाई छुने गर्थ्यो । 

रजनी(काल्पनिक नाम) –म यो तस्बिर चिन्छु । यसले हामीसँगै बस्ने एक मन्द बुद्धि भएकी बालिकालाई मीना आन्टीको कोठमा लग्यो । उसले ती बालिकाको मुखमा कपडा कोचेर बलात्कार गर्यो । मैले यो सबै झ्यालबाट देखेकी थिएँ । उसले मलाई पनि गलत तरिकाले छुन्थ्यो । उसले एक बालिकाको हत्या पनि गर्यो । 

–खबर एनडीटीभी डट कमबाट

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया