राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देश अप्ठ्यारो अवस्थामा : स...
चैत २, २०८१ शनिबार
दाङ – दाङका खोलामा निर्माणाधीन पुल समयमै निर्माण नहुँदा यात्रुलाई समस्या हुने गरेको छ ।
लमही–तुलसीपुरखण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुरे, पत्रे, संक्राम, ग्वार र कालाखोला गरी १० खोलामध्ये बबई, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वारखोलामा पुल निर्माणको काम भइरहेको छ भने सिस्ने, सेवार, कालाखोलामा अझै पानीमुनिको पुलको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
जसमा अधिकांश खोला तथा नदीमा पुल निर्माणको काम भइरहे पनि काम भने सन्तोषजनक छैन । पुल निर्माण कतिपय खोलामा ठेकेदारको लापरवाहीका कारण पुलनिर्माणको अवस्था भने लथालिंग रहेको छ । पुल निर्माणको सम्झौता भएको वर्षै बितिसक्दासमेत अहिलेसम्म पुल निर्माणले पूर्णता पाउन नसक्दा आफूहरुले यात्राको क्रममा निकै सास्ती खेप्नुपरेको स्थानीय करवीर पुनले बताउनुभयो ।
पुल निर्माण नहुँदा वर्षायाममा नागरिकले सास्ती बेहोर्नुपरेको छ । पुल निर्माण भइरहेका खोलामा भरपर्दो डाइभर्सन नहुँदा वर्षातको समयमा यातायात सञ्चालनमासमेत समस्या हुने गरेको छ । खोलामा भरपर्दो डाइभर्सन नहुँदा खाल्डाखुल्डी हुने र सवारी साधन चलाउँदा समस्या हुने गरेको छ ।
खोलामा पुल निर्माणको लागि पक्की सडक भत्काएको अवस्थामा उपर्युक्त डाईभर्सन नहुँदा सवारीसाधन चलाउँदा समस्या हुने गरेको चालकले बताउने गरेका छन् । वर्षातको समयमा घोराही–तुलसीपुर वा घोराही–लमही सडकखण्डका खोलामा सवारी साधान चलाउन समस्या हुने गरेको चालक पूर्ण वलीले बताउनुभयो ।
तर यसतर्फ सडक डिभिजन कार्यालय वा सम्बन्धित ठेकेदारले ध्यान नदिएको नागरिकको गुनासो छ । वर्षौ–वर्षसम्म पनि पुल निर्माणको काम नगरी सर्वसाधारण नागरिकलाई दुःख दिने निर्माण व्यवसायीलाई राज्यले कारबाही गर्नुपर्ने नागरिकको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।