राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देश अप्ठ्यारो अवस्थामा : समाजवादी माेर्चा

राजावादीकाे प्रदर्शनबाट झस्किएका छैनाैँ : प्रचण्ड

 चैत २, २०८१ शनिबार १८:६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको आरोप लगाएको छ ।

आज ललितपुरमा पत्रकार सम्मेलन गरेर मोर्चाले देशमा विकसित नयाँ परिस्थितिबारे आफ्नो दृष्टिकोण अगाडि सारेको हो । पत्रकार सम्मेलनमा सार्वजनिक प्रेस विज्ञप्तिमा भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको पनि उल्लेख गरेको छ ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रूपमा निर्माण नगरेको दाबी गर्नुभएको छ । उहाँले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरूको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्ने कुरा गलत भएको र यसअघि पनि आफूहरूले विभिन्न कार्यक्रम गरेको बताउनुभयो ।

आफूहरू पूर्वराजा पक्षको प्रदर्शनबाट नझस्किएको प्रचण्डले उल्लेख गर्नुभयाे । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एक पटक नागरिकसँग आत्समीक्षा गर्न आवश्यक रहेको भन्दै उहाँले त्यही उद्देश्य लिएर आफूहरू नागरिकसँग जोडिएको दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया