ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
गोरखा - लकडाउनका बेला सवारी पास वितरणमा जिल्ला प्रशासन कार्यालय गोरखाबाटै लापर्वाही भएको पाइएको छ ।
अत्वाश्यक कामका लागि छोटो अवधिको पास उपलब्ध गराउने प्रशासनले एक स्कुटर चालकलाई जिल्लाभर खाद्यान्न ढुवानीको सवारी पास उपलब्ध गराएको पाइएको हो ।
सामान्यतया सवारी साधन प्रयोग हुने क्षेत्र र अवधि पनि पासमा उल्लेख हुने गर्छ । तर ती स्कुटर चालकलाई लकडाउन अवधिभरको लागि पास उपलब्ध गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश प्रसाद भट्टराईले पास जारी गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाले गरेको जाँचका क्रममा स्कुटरलाई प्रयोजन विपरीत पास वितरण भएको खुलेको हो ।
प्रहरीले उक्त सवारी पास जफत गरी स्कुटर र चालकलाई नियन्त्रणमा लिएको छ । भट्टराईले यसअघि नेविसंघका एक जिल्ला नेतालाई पनि लकडाउन अवधिभर प्रयोग गर्नेगरी मोटरसाइकलको सवारी पास उपलब्ध गराउनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारीकै छड्के चजाँचमा परेपछि उनको पास खारेज गरिएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयबाट वितरण भएका पासबारे अध्ययन भैरहेको बताउनुभयो ।
‘पास जारी हुँदाका बखत हामीबाटै पनि केही कमजोरी भएका हुन सक्छन् अथवा वितरण भएका पासको दुरुपयोग पनि भएको हुन सक्छ’, उहाँले भन्नुभयो, ‘त्यही भएर त हामी छड्के जाँच गर्ने जस्ता काम गरिरहेका छौं, दुरुपयोग भएको पास खारेज पनि गर्छौं ।’
तर कतिपयलाई भने मोटरसाइकलमै कुखुराको दाना बोक्नेजस्ता कामको लागि पास दिइएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।