नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी

 चैत २५, २०७६ मंगलबार ९:२६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

(नाेट : खाडीका देश र मलेसियाको पछिल्लो कोरोना अपडेट दिनमा दुई पटक हुन्छ । तर सङ्क्रमित नेपालीको सङ्ख्या भने नेपाली दूतावास वा गैरआवसीय नेपाली संघ एनआरएनएले सार्वजनिक गरेका बेलामा मात्र अपडेट हुन्छ । यो अपडेटमा त्यहाँ रहेका नेपाली दूतावासले पुष्टि गरेका सङ्क्रमित नेपालीकाे  सङ्ख्या​ र गैरआवसीय नेपाली संघ एनआरएनएको तथ्याँक समावेश गरिएको छ । )

सङ्क्रमित सङ्ख्या : १ लाख २३ हजार ९१७ जना । ( २३ हजार ६८१ नेपालीसहित)

निको भएर घर फिरेकाहरु : १ लाख २० हजार ७६६ जना । 

अस्पतालमा उपचाररत : २ हजार ९४० जना ।

मृतकको संख्या : २११ जना । 

( नाेट : माथि समावेश गरिएकाे तथ्याँक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिकाे हाे ।)

कतारबाट घर फर्कंदै हुनुहुन्छ ? पीसीआर परीक्षण गर्ने अस्पतालबारे जान्न यहाँ क्लिक गर्नुहाेस्

भिसा सम्बन्धि व्यवस्था 

- कतार सरकारले पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्न सकिने भएकाे छ  । अब पासापेर्टको म्याद सकिएको एक वर्ष ननाघेका नेपालीहरुले कतारी आईडी र भिसा सजिलै नवीकरण गर्न सक्नेछन् ।

- कतारको श्रम मन्त्रालयका अनुसार, बिदामा गएका तर कोरोनाका कारण कतार फर्कन नपाएका श्रमिकको यो अवस्थाको अन्त्य भएपछि स्वतः कतारको भिसा नवीकरण हुने र कतार फर्कन पाउने व्यवस्था गरेको छ ।

अब पासापेर्टको म्याद सकिएको एक वर्ष ननाघेका नेपालीहरुले कतारी आईडी र भिसा सजिलै नवीकरण गर्न सक्नेछन् ।

- यो समयमा भिसाको म्याद थप्न वा भिसाको अवस्था htpps://portal.moi.gov.qa/visitvisaextension  बाट थाहा पाउन सकिन्छ ।

- कतार आइडीको म्याद थप्न वा अवस्था थाहा पाउन metrash 2 एप्लिकेसन प्रयोग गर्न र थप नयाँ सूचना तथा जानकारीका लागि कतारको आन्तरिक मन्त्रालयको वेवसाइट हेर्नुहोस् ।

दूतावासमा सम्पर्क गर्नुहाेस् :

- कतारमा रहेकाे नेपाली दूतावासले समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीलाई दूतावासमा यसअघि फारम भरेकाे भए पनि फेरि भर्न अनुराेध गरेकाे छ । समस्या अनुसार सम्पर्क गर्ने व्यक्ति पनि ताेकेकेा छ ।

फारम भर्न र सम्पर्क व्यक्तिबारे जान्न यहाँ क्लिक गर्नुहाेस्

– अन्य जानकारीका लागि ० मा फोन गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । यी नम्बरमा फोन गरेर आफ्नो समस्या राख्दा दूतावास नै आउन नपर्ने गरी व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

सार्वजनिक बिदाको दिन बाहेक हरेक आइतरबादेखि बिहीबारसम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दूतावास खुल्ला रहने हुँदा त्यही समयमा फोन गर्न अनुरोध गरिएको छ । ४ जुनमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएका मोबाइल नम्बरहरु ३३८८०३२१, ६६९६३६१६, ६६९५०७२४, ७०४५३३८८ र ३३५६०११७ (ह्वाट्स्एप) अब प्रयोगमा नरहेको दूतावासले जनाएको छ ।

  • घर फर्कदा ध्यान दिनपर्ने कुराहरु

- कोरोनाको कारण उत्पन्न असहज परिस्थितका बेला सुत्केरी तथा गर्भवती महिला, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले नेपाल फर्कंदा साथमा अनिवार्य रुपमा ‘फिट टू फ्लाई’ सर्टिफिकेट राख्नु पर्छ । यी समस्यामा हुने यात्रुले आफूलाई स्वास्थ्य परीक्षण गर्ने डाक्टर वा स्वास्थ्य संस्थाबाट ‘फिट टू फ्लाई’ सर्टिफिकेट लिन सक्छन् ।

- कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न कतारले ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरेकाे छ । याे नम्बरमा सर्म्पक गरेर समस्या राख्ननुहाेस् ।

- कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।

- कतार सरकारले स्वदेश फर्कने नेपालीकाे काेराेना जाँच नगर्ने भएकाे छ । त्यसैले ज्वराे मात्र नापेर पठाउनेगरी दूतावासले तयारी गरेकाे छ । साथै "Ehteraz मोबाइल एप" मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा उक्त एप संचालनमा ल्याउन दूतावासले अनुराेध गरेकाे छ । एप डाउनलोड गरी त्यसमा कतारी परिचय पत्र नम्बर, भिसा नम्बर दर्ता गरेर एप सञ्चालनमा ल्याउन सकिन्छ । 

- कतारमा पहिलेको तुलनामा आर्थिक गतिविधि केही सञ्चालन हुन थालेका छन् । पछिल्लाे समय काेराेना सङ्क्रमित घट्दै गएका छन् । स्वास्थ्य समितिका अनुसार कतारमा नेपाली श्रमिकमा पनि काेराेना सङ्क्रमण घट्दै गएकाे छ

कतार खुकुलाे हुँदै 

- कतारले कोरोना महामारीका बेला विदेशी नागरिकलाई प्रवेशमा लगाएको रोक हटाउँदै अगष्ट १ देखि प्रवेश अनुमति दिएकाे छ । तर नेपाली नागरिककाे प्रवेशका सन्दर्भमा भने स्पष्ट भनेकाे छैन् । 

कतार प्रवेशका लागि अनुमति लिनु पर्छ ।

- कतारले जारी गरेको नियम अनुसार दक्ष र अदक्ष श्रमिकसहित घरेलु कामदारलाई पनि अगष्ट १ देखि प्रवेशमा अनुमति दिएकाे छ । तर उनीहरुले प्रवेशका लागि अनुमति लिनु पर्छ ।

- कतारले प्राथमिकता, सार्वजनिक स्वास्थ्यको मापदण्ड, सरकारी र अर्ध सरकारी क्षेत्रको आवश्यकता र मानवीयताको आधारमा अनुमति दिने जनाएको छ । कतारले जानेले पनि यात्रा गर्नुभन्दा ४८ घण्टाअघिकाे कोरोना पोजेटिभ नभएको रिपोर्ट पेश गर्नुपर्छ । कतार पुगेपछि क्वरेण्टीनमा बस्नैपर्छ ।

- होटल क्वरेण्टीनमा बस्दा पोजेटिभ रिजल्ट आएकाहरु आइसोलेसनमा बस्नुपर्छ भने नेगेटिभ आएमा होटल क्वरेण्टीपछि पनि एक हप्ता होम क्वरेण्टीनमा बस्नु पर्छ ।

सङ्क्रमित सङ्ख्या : ८५ हजार ५९५  जना । ( १ हजार ९५० नेपालीसहित) 

निको भएर घर फिरेकाहरु : ७५ हजार ८६ जना ।

अस्पतालमा उपचाररत : १० हजार १०४ जना ।

मृतकको सँख्या : ४०५ जना ।

(नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । )

  • भिसाकाे म्याद सकिएमा

- यूएईले मार्च १ भन्दा अघि टुरिष्ट र रेसिडेन्ट भिसा सकिएर गैरकानुनी हैसियतमा बसिरहेका विदेशी नागरिकलाई यूएईले तीन महिनाको आममाफी दिएको छ ।

- यूएईले भिसा सकिएका तर कोरोनाको कारण घर फर्कन नपाएकालाई मे १८ देखि अगष्ट १८ सम्म देश छाड्न समय दिएको थियो । तर अब यूएईले यही समयलाई थप तीन महिना थप्दै नोभेम्बर १७ सम्म पुर्‍याएको छ । तर यो नियम मार्च १ भन्दा पछि भिसाको अवधि सकिएका, जागिर गुमाएका र भिसा क्यान्सिल भएकालाई भने लागू हुने छैन ।

- आममाफीमा सहभागी भएर दुबई इन्टरनेशनल एअरपोर्ट भएर आउनेले उडान हुनुभन्दा ४८ घण्टाअघि नै त्यहाँको अध्यागमनमा गएको प्रक्रिया मिलाउनुपर्छ ।

- यूएईले मार्च १ पछि भिजिट भिसाको म्याद सकिएकालाई यूएई सरकारले अगष्ट ११ देखि थप एक महिनाको भिसाको अवधि थपिदिएको छ । भिजिट भिसाको म्याद मार्च १ पछि सकिएको भए तपाईँ अबको एक महिनाभित्र यूएई छाड्दा जरिवाना लाग्ने छैन ।

- जुन १ देखि जुलाई ११ सम्ममा भिसाको अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनु पर्नेछ । जुलाई ११ भन्दा पछि भिसाको म्याद सकिएकाले भने पहिलेकै नियम अनुसार नयाँ भिसाका लागि प्रक्रिया गर्नुपर्ने यूएई सरकारले जनाएको छ ।

- बिदामा यूएईभन्दा बाहिर रहेका तर कोरोनाको कारण फर्कनुपर्ने समयमा फर्कने नसकेकाको हकमा भने दुई देशबीच उडान सुरु भएको एक महिनाको अवधिलाई ग्रेस अवधि भनेर दिएको छ । यूएईभन्दा बाहिर रहेका भिसाको अवधि सकिएकाहरुले नियमित उडान सुरु भएको एक महिनाभित्र यूएई गएर नयाँ भिसा लिनुपर्ने नियम बनाइएको छ ।

समस्यामा हुनुहुन्छ ? दूतावासमा सम्पर्क गर्नुहाेस् :

- काेराेना महामारीका कारण यूएईमा समस्या परेकाे छ ? छ भने समस्याका बारेमा दूतावासलाई जानकारी गराउनुहाेस् ।

- खान, बस्न लगायत काेराेनाका कारण समस्या परेकाे छ भने दूतावासमा अनलाइन फारम भरेर जानकारी गराउनुहाेस् । दूतावासका अनुसार अहिले स्वदेश फर्कने नेपालीकाे काेराेना जाँच विमानस्थलमा यूएई सरकारले नै निशुल्क गरिदएकाे छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

- यूएईको Ministry of Health and Prevention (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् । 

- आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ । 

- कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् । 

सामान्य अवस्थातिर फर्कदै यूएई

- जुलाई ७ देखि यूएई पर्यटकका लागि खुलेकाे छ ।  ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुलेका छन् ।  यूएईमा आर्थिक गतिविधि पनि लगभग सञ्चालनमा आएका छन् । कतिपय कम्पनीले त नेपाली श्रमिकलाई लैजान पनि थालेका छन् ।

- यूएई सरकारले यूएई बाहिर रहेका वा बिदामा रहेका रेसिडेन्ट, इम्प्लोइमेन्ट भिसा भएकालाई यूएई फर्कन चाहिने अनुमति आवश्यक नपर्ने भएकाे छ ।

जुलाई ७ देखि यूएई पर्यटकका लागि खुलेकाे छ ।  ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुलेका छन् ।  यूएईमा आर्थिक गतिविधि पनि लगभग सञ्चालनमा आएका छन् । कतिपय कम्पनीले त नेपाली श्रमिकलाई लैजान पनि थालेका छन् ।

- यूएई जानेले उड्नुअघि कोभिड–१९ को परीक्षण गरेको हुनु पर्नेछ भने यूएई सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्न पर्नेछ ।

- कतिपय श्रमिकको रोजगारी गुमे पनि काम गुमाएका बाहेकका नेपाली श्रमिक पनि यूएईमा काममा फर्कन थालेका छन् । 

- पछिल्लो समय यूएईमा कोरोना सङ्क्रमण दर घट्दै गएको छ । त्यहाँ कार्यरत नेपालीमा पनि कोरोना सङ्क्रमण घटेको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।

सङ्क्रमित सङ्ख्या : ३ लाख ३० हजार ७९८ जना (२४०० जना नेपालीसहित) ।

निको भएर घर फिरेकाहरु : ३ लाख १२ हजार ६८४ जना ।

अस्पतालमा उपचाररत : १३ हजार ५७२ जना । 

मृतकको सँख्या : ४ हजार ५४२ जना । 

(नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । )

भिसाकाे म्याद सकिएमा

- कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुन: प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सकिने छ ।

 

– त्यसैले यस्तो छाप आफ्नो पासपोर्टमा लागेको भएमा साउदीको आन्तरिक मन्त्रालयको वेवसाइट Absher वा Muqeem बाट यो छाप हटाउने प्रक्रिया अघि बढाउनुहोस् ।

– यो पोर्टलबाट सेवा लिन समस्या भएमा दूतावासको हटलाइन ०५५९३८९६०० नम्बरको ह्वाट्एपमार्फत आफ्नो विवरण पठाउनुहोस् । प्रक्रिया अघि बढाउन तपाईँलाई दूतावासले सहयोग गर्छ ।

दूतावासमा सम्पर्क गर्नुहाेस्:

साउदीमा अहिले कर्फ्यु केही खुकुलाे भएकाे छ । तर केही साउदी सरकारले खुकुलाे लकडाउनमा पनि विभिन्न नियमहरु बनाएकाे छ । ती नियमहरु पालना गर्नुहाेस् ।

सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् । 

  •  काेराेना जाँच गराउन र घर फिर्तीका लागि

- स्वदेश फर्कनका लागि अनिवार्य रुपमा काेराेना परीक्षण गर्ने पर्ने हुन्छ । त्यसैले दूतावासले सकेसम्म आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध गरेकाे छ ।

- सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गराउन सकिन्छ। त्याे पनि सम्भव नभएमा अनिरूद्र पाठकलाई ०५४६३५६०२३ मा, कृष्ण भूषाललाई ०५९८२५६७१८ मा परीक्षणका लागि सम्पर्क गर्न सकिन्छ । 

- अत्यावश्यक सहयोग, सल्लाह र स्वदेश फिर्तीका लागि साउदीमा रहेको नेपाली दूतावासको  ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा (whatsapp) समेत यसै फोनमा उपलव्ध छ) सम्पर्क गर्नुहुन अनुरोध छ । 

सङ्क्रमित सङ्ख्या : ६५ हजार ७५२ जना । ( ४५१ जनाभन्दा धेरै नेपालीसहित) 

निको भएर घर फिरेकाहरु : ५८ हजार ६२६ जना ।

अस्पतालमा उपचाररत : ६ हजार ९०० जना ।

मृतकको सङ्ख्या : २२६ जना ।

(नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । )

  • भिसा सम्बन्धि व्यवस्था

- बहराइन सरकारले भ्यालिड भिसा भएकाहरुलाई प्रवेशमा कुनै अनुमति लिन नपर्ने बताएकाे छ। तर यो नियम भ्यालिड भिसा भएका र त्यो भिसा बहराइनको राष्ट्रिय पासपोर्ट र बसोबास सम्बन्धित मन्त्रालयले जारी गरेको हुनुपर्ने भनिएको छ । 

- सबै प्रकारका भिसाहरु जुलाई २१ देखि अक्टोबर २१ सम्म स्वतः नवीकरण हुनेछन् ।

- भिजिटरले अक्टोबर २१ भन्दा पछिसम्मका लागि पनि भिसाको अवधि थप्न चाहेमा भने नवीकरणका लागि निवेदन दिन पर्नेछ । यस्तो निवेदन अनलाइन पोर्टलबाट दिन सकिने बहराइनको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । 

दूतावासमा सम्पर्क गर्नुहाेस्: 

काेराेनाका कारण समस्या परेकाे छ र स्वदेश फर्कन चाहनुहुन्छ या समस्या समाधानका लागि दूतावासकाे सहयाेग चाहिएकाे छ भने अनलाइन फारम भरेर र फाेन गरेर पनि जानकारी गराउन सकिन्छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

- ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता काेराेनासँग मिल्दोजुल्दा लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

- बहराइनबाट फर्कन टिकट किनेका र दूतावासकाे सूचीमा परेर फर्कने तयारीमा रहेकाले काेराेना जाँचकाे कपी नाम र नम्बर देखिने गरी राजदूतावासमा उपलब्ध गराउन अनुराेध गरेकाे छ ।

काेराेना जाँच गराउने ठाउँबारे जान्न यहाँ क्लिक गर्नुहाेस् । बहराइनले निशुल्क काेराेना जाँच गरिदिन्छ ।

- कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३, ४१६११३६, ३५४२७७१७, ३५५४७९५१, ३६७८१५८८, ३७११४५७० मा सम्पर्क गर्न सकिन्छ ।  

काेराेना सङ्क्रमित सङ्ख्या : एक लाख ६८३ जना ।  (एनआरएनएका अनुसार, १६ सय ३५ जना नेपालीसहित)

काेराेना निको भएर घर फिरेकाहरु : ९१ हजार ६१२ जना । (स्वास्थ्य समितिकाे अनुसार लगभग १२ सय नेपाली निको भएका छन् । )

अस्पतालमा उपचाररत : ८ हजार ४८३ जना ।

काेराेनाबाट मृत्यु हुनेको सङ्ख्या : ५८८ जना ।

(नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । )

भिसाकाे म्याद सकिएमा

कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका कारण विदेशी नागरिकको भिसा थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पुर्याएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । 

उ​डान खुले पनि नेपालसहित ३० देशका नागरिकले भने कुवेत प्रवेश गर्न पाउने छैनन् ।

 

- कुवेतले नेपाली नागरिककाे प्रवेशमा रोक लगाएको छ। कुवेतले अगष्ट १ देखि व्यवसायिक उडानहरु खाेलेकाे छ । तर उडान खुले पनि नेपालसहित ३० देशका नागरिकले भने कुवेत प्रवेश गर्न पाउने छैनन् ।

 

दूतावासमा सम्पर्क गर्नुहाेस्

- काेराेनाका कारण समस्या परेकाे छ र स्वदेश फर्कन चाहनुहुन्छ या दूतावासबाट सहयाेग चाहिएकाे छ भने दूतावासमा सम्पर्क गर्नुहाेस् ।

- कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । 

- स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् । कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् । 

- कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् । 

- काेराेना जाँचका लागि दूतावासमा फाेन गरेर जानकारी  लिनुहाेस् । त्यहाँ सरकारले नै पठाइदिने हाे भने सरकारले नै काेराेना जाँच गरिदिन्छन् । तर अन्य समस्यामा परेर स्वदेश फर्कनेले भने आफ्नो कम्पनीमार्फत गर्न र सम्भव नहुनेले आफूलाई जानकारी भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्न सकिने दूतावासले जनाएकाे छ । 

फारम भर्न यहाँ क्लिक गर्नुहाेस् ।

सङ्क्रमित सङ्ख्या : ९४ हजार ७११ जना । (५० जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ८६ हजार १९५ जना ।(स्वास्थ्य समितिकाे अनुसार लगभग ८० प्रतिशत  नेपाली निको भएका छन् । )

अस्पतालमा उपचाररत : ७ हजार ६५१ जना ।

मृत्यु हुनेको सङ्ख्या : ८६५ जना ।

(नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । )

  •  बिदामा रहेकाका लागि ओमान खुल्याे 

- ओमानबाट बिदामा नेपाल आएर,  भिसा तथा रेसिडेन्स कार्ड भएकाहरु अब जान पाउने भएका छन् । 

- फर्कनका लागि कम्पनी वा एअरलाइन्समार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनु पर्छ । कोरोनाको कारण ६ महिनाभन्दा बढी नेपाल बसेकाहरु पनि ओमानको सम्बन्धित निकायको अनुमतिमा फर्कन सक्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

भिसाकाे म्याद सकिएमा

ओमानमा रहेका र घरबिदामा गएर भिसा सकिएको भएमा रोयल ओमान पोलिस ROP मार्फत अनलाइन आवेदन दिन सकिन्छ । त्यसैले भिसा सकिएमा यही वेवसाइटमार्फत आवदेन दिन दूतावासले आग्रह गरेको छ । अथवा दूतावासमा फाेन गरेर पनि थप सहयाेग लिन सकिन्छ ।

दूतावासमा सम्पर्क गर्नुहाेस्:

- ओमानमा समस्यामा पर्नुभएको छ तर टिकट काट्ने पैसा नभएर घर फर्कन पाउनुभएको छैन ? यदि यस्तो समस्यामा हुनुहुन्छ भने अब निःशुल्क घर फर्कन फारम भरेर ओमानमा रहेको नेपाली दूतावासमा बुझाउनुहोस् ।​

अब निःशुल्क घर फर्कन फारम भरेर ओमानमा रहेको नेपाली दूतावासमा बुझाउनुहोस् ।​

- कोरोनाको कारण बेरोजगार भएका तथा कम्पनीले कुनै पनि सहयोग गर्न नसक्ने अवस्थामा भएका र आफैं टिकट किनेर घर फर्कन नसक्ने नेपालीले दूतावासले तोकेको ढाँचा अनुसार फारम भरेर बुझाउन अनुरोध गरिएको छ । यसबारेमा थप बुझ्न परेका दूतावासमा कार्यालय समयमा श्रम सहचारी कृष्णा कुमारी गौलीलाई ७१५९२५०६ मा सम्पर्क गर्न सकिन्छ ।

- ओमानमा समस्यामा पर्नुभएको छ तर टिकट काट्ने पैसा नभएर घर फर्कन पाउनुभएको छैन ? यदि यस्तो समस्यामा हुनुहुन्छ भने अब निःशुल्क घर फर्कन फारम भरेर ओमानमा रहेको नेपाली दूतावासमा बुझाउनुहोस् ।

- खान बस्न लगायत काेराेनाका कारण समस्या परेकाे छ र स्वदेश फर्कन चाहनुहुन्छ  भने दूतावासमा अनलाइन फारम भरेर जानकारी गराउनुहाेस् ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

ओमानमा हुने विदेशी नागरिकलाई कोरोना सङ्क्रमण देखिएमा ओमानकै नागरिक सरह नि:शुल्क उपचार हुनेछ । तर स्वदेश फर्कनेले भने आफ्नै खर्चमा कोरानोना जाँच गराउन पर्छ ।

काेराेनाकाे लक्षण देखापरमा सिधै कोभिड १९ को परीक्षण नभई चिकित्सकको सिफारिसपछि मात्र राष्ट्रिय प्रयोगशालामा यसको निःशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ । कोरोनाबारे थप बुझ्न परेमा हटलाइन १२१२ वा २४४४१९९९ मा सम्पर्क गर्न सकिन्छ ।

सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् ।  ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

सङ्क्रमित सङ्ख्या :  १० हजार ३५८ जना(दूतावासका अनुसार, ८१ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ९ हजार ५६३ जना । (दूतावासका अनुसार, ८१ जना नेपालीसहित)

अस्पतालमा उपचाररत : ६६५ जना । 

मृतकको सङ्ख्या : १३० जना ।

(मलेसियामा नेपालीमा थप सङ्क्रमण देखिएकाे छैन । सङ्क्रमित ८१ जना  निकाे भइसकेका छन् ।)

नि:शुल्क टिकटका लागि दूतावासमा सम्पर्क गर्नुहाेस् 

- तपाईँ मलेसियामा हुनुहुन्छ र रोजगारी गुमेको छ तथा घर फर्कन टिकट काट्न सक्नुभएको छैन भने दूतावासमा आवेदन दिनुहाेस् ।

- दूतावासमा तोकेको निवेदन ढाँचा अनुसार आफ्नो विवरण भरेर दूतावासमा उपस्थित भएर वा इमेल [email protected] मार्फत पठाउन सकिनेछ । साथै दूतावासको हटलाइन नम्बर ६०१६२४२७७७ मा ह्वाट्स्एप गरेर पनि निवेदन पेश गर्न सकिन्छ । 

- हवाई टिकटको सुविधा मात्र लिने मनसायले कुनै व्यक्तिले तथ्य फरक गरी वा झुटा विवरण पेश गरेर सुविधा लिएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने दूतावासले जनाएको छ । 

यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस्​​

- मलेसियाले अहिले बिदामा रहेका श्रमिकलाई प्रवेश अनुमति दिएको छैन ।​

- मलेसियाबाट स्वदेश फर्कने चेकआउट मेमाे पाइसक्नुभएकाे छ भने दूतावासमा सम्पर्क गर्नुहाेस् । अहिले दूतावासले समस्यामा परेकालाई प्राथमिकताको आधारमा स्वदेश फर्काइरहेको छ । स्वदेश फर्कने  प्राथमिकतामा पर्नुभएकाे छ भने राेजगारदातालाई भनेर चेकआउट मेमाे लिएर मात्र टिकट काट्नुहाेस् ।

- फर्कंदा चेक चेकआउट मेमाे वा बिदामा फर्कंन लाग्नुभएकाे हाे भने साथमा बिदा दिएकाे कागज साथैमा राख्नुहाेला । मलेसियाको अध्यागमनमा यी दुईमा एक कागजात अनिवार्य रुपमा देखाउँन पर्छ ।

​काेराेना जाँच गराउने ठाउँबारे थाहाँ पाउन यहाँ क्लिक गर्नुहाेस् ।

टिकट काट्ने ठाउँ र नम्बरबारे थाहाँ पाउन यहाँ क्लिक गर्नुहाेस् ।

समस्या दूतावासमा राख्नुहाेस् :

- कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्न  अनुराेध गरेकाे छ ।

- सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । 

- मलेसियामा आवश्यक कागजपत्र नभएर अवैधानिक भएका विदेशी श्रमिकहरु वैधानिक बन्न पाउने भएका छन् । ​इमिग्रेसन डिपोमा रहेका अवैधानिक कामदारलाई रोजगारदाताले काममा राख्न पाउने योजना अगाडि बढ्यो भने त्यस्ता कामदारलाई काममा राख्न सकिने मलेसियाका गृहमन्त्री दातुक सेरी हमजा जैनुद्यीनले बताएका छन्। 

अब स्वदेश फर्कन यी कुरा अनिवार्य

- नियमित उडानबाट नेपाल आउने हरेक यात्रुको पीसीआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य बुझाउनुपर्छ, त्यो पनि ७२ घण्टा भित्रको । पीसीआर नेगेटिभ सुनिश्चित भएपछि मात्र सम्बन्धित वायुसेवाले यात्रुलाई बोर्डिंग पास दिनुपर्ने भएको छ ।

-  एउटै उडानबाट आएका सबै यात्रुको साथमा पीसीआर परीक्षणको नेगेटिभ नतिजा रिपोर्ट भएमा सबै यात्रु होम क्वारेन्टिनमा बस्ने गरी जान सक्नेछन् ।

- अब नियमित उडानबाट आउने सबै यात्रुले जहाज चढ्नुभन्दा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेवसाइटमा राखिएको फर्म भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथमा ल्याउनुपर्नेछ । 

- पीसीआर रिपोर्ट नेगेटिभ भएको रिपोर्ट साथमा नभएमा सात दिन होटल क्वरेण्टीनमा बस्नपर्छ । होटल बुक विदेशबाट नै गर्न पर्छ ।

हाेटल क्वरेण्टीनबारे जान्न यहाँ क्लिक गर्नुहाेस्

कस्ता श्रमिकले पाउँछन् नि:शुल्क टिकट

- नेपालबाट श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर आएको तीन वर्ष ननाघेको व्यक्तिले रोजगारी गुमाएको र घर फर्कन रोजगारदाताले टिकट नदिएको भएमा टिकटका लागि आवेदन दिन सकिन्छ । 

- सम्बन्धित गन्तव्य देशको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला संस्था वा अन्य स्रोतबाट हवाई टिकट खर्च नपाएको वा आफ्नै खर्चमा घर फर्कन नसक्ने अवस्थाका व्यक्तिलाई हवाई टिकट उपलब्ध हुनेछ । 

- आममाफी पाएका, डिटिन्सन सेन्टरमा रहेका र घर जान अनुमति पाएका, जुनसुकै कारणले भए पनि बहिर्गमन भिसा पाएका र रोजगारी गुमाएका व्यक्तिलाई निःशुल्क उद्धारको प्राथमिकतामा राखेको छ । 

समस्या राख्न आप्रवासी श्रोत केन्द्रहरुमा सम्पर्क गर्नुहाेस्

आफूलाई सोध्न मन लागेको प्रश्न र जिज्ञासा तपाईँको जिल्लामा रहेका आप्रवासी श्रोत केन्द्रहरुमा राख्न सक्नुहुन्छ । 

तपाईको जिल्लाको आप्रवासी श्रोत केन्द्रको फोन नम्बर सुरक्षित आप्रवासन परियोजनाको फेसबुक पेज Safer Migration Project Phase 3 मा गएर हेर्नुहोस् र फोन गरेर आफ्ना जिज्ञासा र प्रश्नहरु राख्न सक्नुहुन्छ । 

आप्रवासी श्रोत केन्द्र मात्र हैन अहिले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर पनि प्रश्न सोध्न सक्नुहुन्छ । कल सेन्टरले तपाईँले राखेका प्रश्न  र जिज्ञासाको समाधान विभिन्न सम्बन्धित निकायसँग समन्वय गरेर गर्नेछ ।

विदेशमा हुनुहुन्छ भने आप्रवासी श्रोत केन्द्र बाहेक कल सेन्टरको ००९७७ १ ५९७ ००८ नम्बर मा फोन अथवा ००९७७ ९८, ०१८ ०००१३ मा भाइवरमा फोन गरेर पनि प्रश्न सोध्न सकिन्छ । 

कलसेन्टर र आप्रवासी स्रोत केन्द्रले तापाईँका प्रश्नको उत्तर र समाधानका उपाय खोजेर सहयोग र समन्वय गर्ने कोशिस गर्छन् । 

अहिले कोरोनाको कारण मनमा उत्पन्न डर, तनाब र विभिन्न मानसिक समस्यामा परेमा पनि यी दुई केन्द्रले मनोसामाजिक परामर्श सेवासँग जोड्न पनि सहयोग गर्नेछन् भने र आवश्यक परेको खण्डमा कानूनी सहयोगका लागि पनि सहयोग गर्नेछन् ।

भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । कोभिड १९ पीसीआर परीक्षण सहज भएका देश यूएई, मलेसिया लगायतबाट सुरुमा नियमित उडान हुनेछ भने साउदी, कतार, कुवेत, बहराइनजस्ता देशमा अहिले नियमित नहुने र चार्टर्ड उडान मात्रै हुने निर्णय भएको छ । पीसीआर रिपोर्ट नेगेटिभ भएमा विमानस्थलबाट घर जान पाइन्छ भने पीसीआर नगरी आएमा सात दिन काठमाण्डौमा होटल क्वरेण्टीनमा आफ्नै खर्चमा बस्नुपर्छ । 

नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि दिइने श्रम स्वीकृति र पुन: श्रम स्वीकृति दुवै खाेलेकाे छ । 

13 Comments

  • Vishnu raja

    June 20, 2020, 5:07 a.m.

    सबै देशको दूतावासले अनलाइन फारम भरेर बुझाउन सकिने सुविधा दिएको छ साउदी को दूतावासले किन नगरेको अनलाइन फारम को सुविधा?

  • Prakash poudel

    May 18, 2020, 8:54 p.m.

    म पनि अहिले साउदी अरब मा छु खोइ कहिलेकाही छाती दुख्ने जीउ तातो हुने गर्छ शंखा लागिरहेको छ कोरोना भएको हो कि भनेर अस्पताल जाम बा सुइ हानेर मार्न हो कि भन्ने डर लाग्छ बेहाल छ जिन्दगानी बरु सरकारले जसरी हुन्छ नेपाली लाई फर्काउने कोशिश गरोस् मरे पनि आफ्नै देशमा मरौला

  • Gyan prasad baral

    May 16, 2020, 11:43 a.m.

    समाचार अलि बास्तविक आएन हिजो को क्युएन खबर ले गरेको कार्यक्रममा दुताबासले 91जना पुस्टि गरेको थियो कतार मा तर आज तपाईँले 15जना अलि बास्तविक भएन कि

  • Tika prasad Ghimire

    May 15, 2020, 9:27 a.m.

    यदि खाडि मा भएको नेपाली हरु जसको visa सकिएको छ र visa cancel गरेका नेपाली हरु लाई सरकारले यथासिघ्र चाडाे नेपाल लाने वातावरण नबनाए धेरै नेपालीहरु को अवस्था गम्भीर जोखिम युक्त हुन्छ । कोरोना नलागेको लाई नि लाग्न सक्ने अवस्था हुन सक्छ किनकी एउतै रूम को प्रयोग गराइन्छ । कृपया नेपाल सरकार चाडाे कदम चाल्नु पर्यो।

  • भुबन कुमार मगर

    May 13, 2020, 11:32 p.m.

    हाल यु य ई मा सँङ्क्रमित नेपाली धेरै छन् मेरो बुझाई मा ।500भन्दा माथि नै हुन सक्छ ।मैंले चिनेकै 22जना छन् याहा सत्य तथ्य खबर नै छैन नेपालि साथै सम्पुर्ण मजदुर हरु प्रति । यसरी हावादारी खबर प्रकाशित नगरौ।

  • राम कृष्ण कटुवाल

    May 8, 2020, 11:19 a.m.

    हाल मो युएई मा छु।युएई मा पनि दिन का दिन कोरोना पोजेटिभ को संख्या बढी रहेको छ ।यस मा धेरै नेपाली हरु पनि पार्नु भए को छ उनी हरु अहिले रूम मा नै कोरेन टाइम बस्नु भएको कुरा हरु बाहिर आय को छ यो मीडिया बाट पहल गरी दबाइ उपचार को व्यवस्था मिलाई अकाल मृत्युबाट बाँच्ने आशा हुन्थो।। र युएई मा अलपत्र पार्नु भएका नेपाली हरु लाई WHO को माप दण्ड अनुसार उद्धार गरिनु पर्दछ ।।

  • dawa sherpa tashi sherpa

    May 6, 2020, 1:28 p.m.

    हाम्रो कम्पनीमा चाहिँ अहिलेसम्म coronavirus नभएको र यसको जोखिम मोल्नु परेको छैन र इलिगल रूपमा काम गर्दै गरेका नेपालीलाई कसरी नेपाल फिर्ता गर्न सकिन्छ साल्ला सुझाव पाउन सकिन्छ कि

  • Hem Bahadur Panta

    May 3, 2020, 7:23 p.m.

    हाम्रो कम्पनीमा मात्र ५ जना नेपालीलाई कोरोना पोजिटिभ देखिएको छ। कम्पनिले खासै वास्ता गर्दैन। कोठामै राखेको छ। उपचारको लागि अस्पताल पनि पठाउँदैन ।

  • शाेबलाल पुरी

    May 2, 2020, 4:34 p.m.

    हाे नेपालमा ल्यायर पनि जाेखिम बढि हुन्छ तर जाेखिम लाई मुक्त हुने तवरले उचित व्यवस्थापन गरि कम्तिमा विश्व स्वास्थ्य संघले ताेकेकाे मापदण्डअनुसार करेन्टाईमा राखि काेराेना नभएकाे पुष्टि गरे पछि मात्र सम्बन्धित गाउँ ठाउँमा पठाउनु उपयुक्त हाेला ।

  • Abinas Giro

    April 19, 2020, 9:35 a.m.

    हेल्लो मेरो नाम अविनाश गिरी हो / नेपाल सरकारले नेपालीलाई उद्धार गर्नुपर्छ , तर यसमा पनि धेरै प्रकारका मान्छे छन् जस्तो लाग्छ / जुन कम्पनीले खान बस्न दिएको छैन, शुरुमा यस्ता नेपालीको उद्धार गर्नुपर्छ / त्यसपछि कम्पनीले काम नदिने नेपालीको उद्धार गर्नुपर्छ / यस्ता नेपाली धेरै छन्,यिनीहरुको डाटा बनाउन जरुरी नै छ /

  • Youbaraj Thakuri

    April 18, 2020, 10:04 a.m.

    म अहिले मलेसियामा छु, घर फर्कन चाहन्छु , के गर्ने ??

  • Pom bahadur Gurung

    April 14, 2020, 7:11 p.m.

    मलेसियामा छु , म नेपाल आउन चाहन्छु /

  • mahesh dhungana

    April 13, 2020, 1:59 p.m.

    युएईमा संक्रमित बिरामी अस्पताल जान नपाएको ....पटक पटक फोन गर्दा पनि रेस्पोन्स नआएको भन्न कुरा सुनियो, तपाइँहरुले सम्वन्धित निकायमा पहल गरिदिनुभए अकालमा मर्नु पर्दैन कि ??

तपाईको प्रतिक्रिया