युक्रेन युद्धबारे ट्रम्पले भाेलि पुटिनसँग कुरा गर्ने
चैत ४, २०८१ सोमबार
बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते भएका छन् ।
दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गईरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको हो । एम्बुलेन्स सडकबाट झण्डै एक किलोमिटर तल झाडीमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताउनुभयो ।
एम्बुलेन्स दुर्घटनामा बिरामी रहेका दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, ४० वर्षीय देवदत्त भट्ट १८ वर्षीय गणेशदत्त भट्ट र एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ का २४ वर्षीय गोविन्द धामी घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते सबैको प्रहरीले उद्धार गरेको छ । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको र उनीहरुको अवस्था समान्य रहेको बताइएको छ । एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।