पत्रकारलाई बेतलबी बिदामा नराख्न र बाँकी पारिश्रमिक तत्काल दिन महासंंघको माग

 बैशाख ११, २०७७ बिहिबार १७:५४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई बेतलबी बिदामा बस्न दबाब नदिन र बाँकी रहेको पारिश्रमिक भुक्तानी गर्न माग गरेको छ ।

आज बसेको महासंघको केन्द्रीय समितिको बैठकले कोरोना  सङ्क्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थामा केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई बिदामा बस्न दबाब दिएको साथै केहीले लामो समयदेखि पारिश्रमिक नदिएको भन्दै यस्तो आग्रह गरेको हो । 

महासंघले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासचिव विष्टको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरस सङ्क्रमणको जोखिमकाबीच सञ्चारकर्मीहरुले आफ्नो कर्तव्य निर्वाह गरिरहेकाले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको परीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ । 

यस्तै महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने पनि जनाएको छ । 

कोरोना सङ्क्रमणको उच्च जोखिम मोलेर नागरिकलाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न पनि महासँघले आह्वान गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया