एक हप्ताका उपलब्धि पठाउन वा राजीनामा दिन सङ्घीय कर्मचारीलाई ट्...
फागुन ११, २०८१ आइतबार
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका भोजपुरका २६ वर्षका युवकालाई उपचारका लागि विराटनगरमा लगिने भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बिहीबार कोरोनाको पुष्टि भएका युवा अहिले भोजपुर हतुवागढीमा डाक्टरको निगरानीमा रहेका र थप उपचारका लागि विराटनगर ल्याइदै गरेको जानकारी दिनुभयो ।
गएको फागुन ३० गते साउदी अरबबाट हिमालयन एयरबाट ती युवा नेपाल आएका देवकोटाले जानकारी दिनुभयो । काठमाडौंबाट उदयपुर पुगेका उहाँ केही समय उदयपुरमा नै बस्नु भएको थियो । त्यस पछि उदयपुरबाट भोजपुर गएको जानकारी मन्त्रालयलाई प्राप्त भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
उदयपुरमा रहदा स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित युवकको सम्पर्कमा रहेका सबैको नमुना संकलन भएको छ । नेपालमा अहिलेसम्म ४८ जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । संक्रमितमध्ये बाग्लुङ र धनगढीमा एकएक जनाको उपचार भईरहेको छ भने विरगञ्जमा ५ जना भरतपुरमा दुई जना र विराटनगरमा २८ जनाको उपचार भईरहेको छ ।
सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना सङ्क्रमितमध्ये १० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।