गाउँपालिकाद्वारा दीर्घरोगीको तथ्याङ्क सङ्कलन, निःशुल्क औषधि वितरण गरिने

 वैशाख १२, २०७७ शुक्रबार १८:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले गाउँपालिकाभित्र रहेका दीर्घरोगीको तथ्याङ्क सङ्कलन गरेको छ । लकडाउनको समयमा दीर्घरोगीलाई औषधि खरिदमा समस्या हुने र औषधि नपाउनेलगायतका अप्ठयारालाई मध्यनजर गर्दै गाउँपालिकाले घरघरमै औषधि पुर्याउनका लागि विवरण सङ्कलन गरेको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार गाउँपालिकाभित्र ४ सय दीर्घरोगीको तथ्याङ्क सङ्कलन गरिएको छ । उनीहरूलाई करिब ५ सय प्रकारका औषधि आवश्यक पर्छ ।

दीर्घरोगीको तथ्याङ्क सङ्कलन गरेर औषधि खरिद प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो । गाउँपालिकाभित्र नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई निःशुल्क रूपमा औषधि घरमै पुर्याइने छ । 

मुटु रोगी, किड्नीको समस्या, दम, उच्च रक्तचाप, मधुमेह र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिलाई केही दिनभित्रै औषधि पुर्याइने तामाङले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया